बेवारिसे सपनाहरू
जुन सपनाहरू बाँडेका थिए
बन्दुकको नाल र गोलीगठ्ठाहरू हातमा थमाउँदा,
आज तुहिएर मरिसकेका छन् ती सपनाहरू,
सपनाहरूलाई यथार्थ बनाउन लड्दै गर्दा
बारुदसँगै उडेको बाउलाई सम्झी भक्कानिन्छ
ठुलाघरे साँइलो ।
गर्भवती जहान छोडेर युघमा होमिएको डाँडाघरे रामे
कहिल्यै फर्किएन गएको बाटो
छोरो जन्मिएर टुहुरो भयो
खानुसम्म हन्डर खायो
बाउलाई सपना देखाउनेहरूका खुट्टा ढोग्यो
इलम खोजीदेऊ भनी
कसैले लगाइदिएन मलम उसको गरिबीमा ।
आमाको आङ छोप्न र गाँस दिन
खाडीमा तर्तरी पसिना बगाउँदै छ
त्यही टुहुरो भनी हेपिएको युवाले पठाएको रेमिट्यान्समा मोज गर्दै छन्
उसको बाउलाई बेपत्ता पार्ने सत्तावालहरू
न ऊ सहिदको छोरो भयो
न कुनै सहानुभूति नै पायो ।
न त सपना बाँडेर खान पल्केका महाशयले नै उसको दुःख देखे
हिजो सपना देखाएर बन्दुकसँग खेल्न लगाउनेहरू
सत्ताको खोल ओढेर
खोक्रो पार्दै छन् देशलाई
उनीहरूले बिर्सिसके अस्तिका सपना
अनि बिर्सिसके समृद्धिको आशामा
रित्याएका कोखहरू
अलप पारेका ज्यानहरू ।
ग्रेनेड र बम पड्काएर ती ब्वाँसाहरूलाई सत्तामा पु¥याउनेहरू
अलपत्र छन् गाउँ र बस्तीहरूमा
यी सत्तावालहरू सुन्दैनन् उनीहरूका कुरा
कुर्सीमा बसेर लुछ्दैछन् राष्ट्रलाई
देश दौडाउन सक्ने पाखुरा, छाती अनि हात भएका
नौ जवानहरूलाई
पठाउँदै छन् भकाभक समुद्रपारि ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण