मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
कविता

तुच्छ वचन

आइतबार, ०६ फागुन २०८०, १० : ०२
आइतबार, ०६ फागुन २०८०

तुच्छ वचन कति धारिला छुराले झैं रेट्दो रहेछ ।
बोलुनजेल मात्र होइन पटकपटक घोच्दो रहेछ ।।

थाहा छैन उनीलाई के बोल्दा के हुन्छ भन्ने ।
अरुलाई होच्याएर  सँधै  आफू  चाहिँ ठूलो बन्ने ।।

धनी र गरिब  छुट्याउन कति सिपालु छौँ तिमी ।
सानालाई हेप्दै वचन लगाउने छुट्टै अपराधी हौं तिमी ।।

के सिकेउ पढेर तिमीले एकछिन त मिठो बोलिदेउ ।
सानाको पनि मन नै त हो एकछिन हासेर बोलिदेउ ।।

भाषाविद  भन्नेहरुको शब्द सुन्दा म आफै झस्किन्छु ।
नानाथरी गाली सुन्दै उनकै अनुहार हेर्दै मस्किन्छु ।।

घरदेखि कार्यालयसम्म साना  नै हेपिएका छन् ।
नानाभाती गाली खाँदै चेपुवामा चेपिएका छन् ।।

नरम स्वारले कुरा गरौं  मुख फर्काए झैँ हुने ।
हाकिमको गालीले नै भित्र भित्रै मन रुने ।।

एकछिन मीठो बोल्दिए खै के  नै पो जान्थ्यो ।
मिठो वचन उसले पनि झनै अझ मीठो मान्थ्यो।।

एकदिन मर्ने जिन्दगीमा मिठो बोले हुन्न र ।।
त्यति तुच्छ बोल्दा पनि तिम्रो मन छुन्न र ।।

जति वचन लाउँछौ तिमीले  लगाउँ म केही भन्दिन।
तिम्रो अगाडि सानै बन्छु ठूलो कहिले बन्दिन।।

जुनदिन तिम्रो श्वास रोकिन्छ त्यो दिन थाहा पाउनेछौँ।
तुच्छ वचन के रहेछ भनी मलामीलाई बुझ्न लाउनेछौँ।

मन छैन नबोल्नु  बरु किन लगाउनु  वचन ।
अरु मर्दा  सन्चो होला र एकपटक सोच न ।।

 ए ठूलाबडा आखिर एकदिन त मर्नु छ नि ।
गरिबसँग  धन नहोला इज्जत त छ नि।।

भुम्लु– २, सिम्थली, काभ्रे 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रिकेश विश्वकर्मा ‘क्षितिज’
रिकेश विश्वकर्मा ‘क्षितिज’
लेखकबाट थप