उच्च ब्याजदरले बढायो एचएसबीसीको मुनाफा
लन्डन । बेलायती बहुराष्ट्रिय बैंक एचएसबीसीको मुनाफा उच्च वृद्धि भएको छ । सन् २०२३ मा बैंकको करपूर्वको मुनाफा ३० अर्ब ३० करोड डलर रहेको छ । यो अघिल्लो वर्षको भन्दा ८० प्रतिशत धेरै हो । महँगी नियन्त्रण गर्न विश्वभर केन्द्रीय बैंकहरूमाझ ब्याजदर बढाउने होडबाजी चल्दा गएको वर्ष बैंकको मुनाफा बढेको हो ।
चीनको अर्थतन्त्रमा आएको सुस्तीका कारण बैंकले अपेक्षा गरिएअनुरुप मुनाफा कमाउन नसकेको देखिन्छ । पछिल्लो मुनाफासँगै बैंक सन् २००८ यताकै उच्च पूर्ण वार्षिक लाभांश बाड्न सक्ने स्थितिमा पुगेको कम्पनीका प्रमुख कार्यकारी नोएल कुइनले एउटा विज्ञप्तिमा भनेका छन् । सन् २०२२ मा एचएसबीसीको कर पूर्वको मुनाफा १७ अर्ब १० करोड डलर थियो ।
यो वर्ष कर पूर्वको मुनाफा ३४ अर्ब १० करोड डलर आसपास पुग्ने अपेक्षा विश्लेषकहरूले गरेका थिए । बैंकको अधिकांश मुनाफा एशिया विशेषगरी चीन र हङकङबाट आउने गरेको छ । गएको हप्ता प्रतिस्पर्धी बैंक नाटवेष्टले पनि सन् २००७ यताकै उच्च वार्षिक मुनाफा कमाएको तथ्यांक सार्वजनिक गरेको थियो । स्ट्यान्डर्ड चार्टर्डको प्रतिवेदन यो हप्ताको अन्त्यतिर आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा बराबरीमा रोकिए पोर्चुगल र कोलम्बिया, उज्बेकिस्तानले डीआर कङ्गोलाई १–० ले पछि पार्यो
-
पहिलो हाफको समाप्तिमा कोलम्बिया र पोर्चुगल बराबरीमा, कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
विश्वकपबाट स्कटल्याण्डको बहिर्गमन, प्रशिक्षक स्टिभ क्लार्कद्वारा राजीनामा
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
घानामाथि क्रोएसियाको रोमाञ्चक जित, इङ्गल्याण्ड र क्रोएसियासँगै घाना पनि अन्तिम ३२ मा !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण