गठबन्धन सरकारप्रति पार्टीमा ठुलो असन्तुष्टि छ : झलनाथ खनाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले गठबन्धन सरकारप्रति पार्टीभित्र उनकै शव्दमा वृहत असन्तुष्टि रहेको बताएका छन् । बुधवार झापामा आयोजित एक कार्यक्रममा बोल्दै नेता खनालले यस्तो बताएका हुन् ।
खनालले सरकारमा आफ्नो पार्टी निमित्तमा सहभागी बनेको जिकिर गर्दै गठबन्धन चल्नुपर्ने जसरी चल्न नसकेको बताए ।
उनले देशले नयाँ कोर्षको माग गरिरहेको भन्दै आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोंचविचार, नीति कार्यक्रमबजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्ने उल्लेख गरे ।
गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेटले जनतालाई छुन नसकेको भन्दै खनालले मुलुकको अर्थतन्त्र संकटपूर्ण रहेको बताए ।
उद्योगबाट आउने राजश्व देशमा विक्रमसम्बत १९९५ को भन्दा कम रहेको भन्दै उनले त्यसवेला नेपालको जिडिपीमा औद्योगिक क्षेत्रले १४ प्रतिशत योगदान गरेको भएपनि अहिले ५ प्रतिशत भन्दा कम रहेको बताए ।
‘देशले नयाँ कोर्षको माग गरिरहेको छ । देशका आम जनता र राष्ट्रका मागहरुलाई सम्बोधन गर्ने किसिमको सोच, विचारका साथमा, नीतिका साथमा कार्यक्रमका साथमा बजेट र योजनाका साथमा नयाँ ढंगले सरकार आउनुपर्छ’, खनालले भने, ‘सरकारले ल्याएको नीति र कार्यक्रमले जनतालाई छोएको छैन । यो गठबन्धन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन । यसमा हाम्रो वृहत असन्तुष्टि छ ।’
पूर्वप्रधानमन्त्री खनालले देशमा रोजगारी नहुँदा देशको नेतृत्वप्रतिको अविश्वासका कारण युवाहरु विदेश पलायन भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडामा ९ जना सम्मानित
-
नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अध्यक्षमा पाण्डे
-
ब्याडमिन्टन सङ्घ कञ्चनपुरको अध्यक्षमा भट्ट
-
अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक
-
भारतमा हुने निर्वाचनका कारण रेलसेवा तीन दिन बन्द हुने
-
राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९ वैशाखमा