विद्यार्थीले देखाए कथा मार्फत समाजको ऐना

दाङ । खुसी नामकी विद्यार्थीको पहिले पढाइ राम्रो थियो । तर, बिस्तारै पढाई बिग्रिँदै गयो । कारण थियो– घरमा पढाइको वातावरण थिएन । यस्तै भावको कथा व्यक्त गरेकी थिइन– दाङ तुलसीपुर –६ स्थित गोरखा माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी गरीमा मल्लले । जुन कथामा घरको वातावरण राम्रो नहुने हो भने विद्यालयको पढाइले मात्रै पुग्दैन, भन्न खोजिएको थियो ।
कक्षा १० की छात्रा सुप्रिका सुवेदीले भने नेपालकै बाँझो जग्गालाई सदुपयोग गरेर नेपालमै आम्दानी गरेको भावको कथा व्यक्त गरिन् ।“कुनै एक पात्र रोजगारका लागि विदेश जान खोज्छन्, तर, दलालले ठगेपछि नेपालकै बाँझो जग्गालाई सदुपयोग गर्छन्, र मनग्य आम्दानी गर्छन्’, कथाको भाव यही थियो ।
त्यस्तै कक्षा ९ की गरीमा मल्लले वाचन गरेको कथामा विगतमा भएको समाजको अन्धविश्वासलाई उजागर गर्न खोजिएको थियो । कथाको भाव थियो–‘बुबा–आमा बितेपछि कसैले पनि काम दिदैन्थे, साथीहरूले पनि चोरी गर्न लगाउँथे, त्यसरी चोरी गर्दा जेलसम्म जानु परेको थियो ।’ यस्तै फरक–फरक भाव बोकेका कथाहरू गोरखाका विद्यार्थीहरूले प्रस्तुत गरेका थिए । कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरूले तीन दिनसम्म कथा लेखन तथा वाचन प्रशिक्षण प्राप्त गरेपछि बिहीबार आफूहरूले लेखेका यस्तै कथाहरू वाचन गरेर सुनाएका थिए । जुन कथामा विगतको समाजको व्यथा र अहिलेको अवस्थालाई उजागर गर्न प्रयास गरेका थिए । कक्षा ९ की काब्या केसी, कक्षा १० का सुप्रिका सुवेदी,कक्षा ८ का दर्शनप्रिय घोडाशैनी,कक्षा ७ का विजया न्यौपाने, कक्षा ६ का यमुना डाँगी,कक्षा १० का आइसा बुढालगायतले कथा वाचन गरेका थिए, भने तीन दिने कथा लेखनको प्रशिक्षणका अनुभव कक्षा ९ का सुदन रावत,कक्षा १० का प्रसन्न धिताल, कक्षा ८ का लस्सु भट्टराई, कक्षा ७ का सक्षम भण्डारी,कक्षा ६ का लप्सन भण्डारी, कक्षा ७ का जेनिसा केसीले प्रस्तुत गरेका थिए । उनीहरुले परम्परादेखि आधुनिक कालसम्म कसरी कथा लेख्ने भन्ने कुरा प्रस्ट रूपमा सिक्न पाएको बताएका थिए । कार्यक्रममा समीक्षक नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठका उपप्राध्यापक डा. खगेन्द्र घोडासैनीले कथा लेखन भनेको अनौपचारिक ज्ञान भएको भन्दै यस्तो ज्ञान नै सफल हुने बताए । यस्ता शिक्षाले सिकाइमा सबलता बढाउने बताए ।
त्यस्तै प्रशिक्षक विजयराज आचार्यले जुन देशमा साहित्य समृद्ध छ, त्यहाँको शिक्षा पनि समृद्ध हुने बताए । उनले साहित्य लेखन निकै सृजनशील लेखन भएकाले यसले विद्यार्थीको लेखन क्षमतामा पनि विकास गर्ने बताए ।
त्यस्तै गोरखा ग्रुपका एकाडेमिक डाइरेक्टर दुर्गा केसीले यस्तै विभिन्न क्रियाकलापहरूमा विद्यालयले जोड दिएको बताएका थिए । त्यस्तै प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीले यस्ता क्रियाकलापमा विद्यार्थीमा थप हौसला प्रदान गर्ने बताए । यस्ता कार्यले विद्यार्थीमा निर्धक्क भएर आफ्ना कुरा राख्न सक्ने समेत बताए ।
विद्यालयका प्रिन्सिपल विजयमान जिएमको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका शिक्षा महाशाखा अधिकृत मनबहादुर खड्काले विद्यार्थीहरूमा सृजनशीलता आवश्यक पर्ने बताए । समाजमा आवश्यक जनशक्ति भनेको किताबी ज्ञानले मात्रै नभई सृजनशीलता र ब्यवहारिक ज्ञान भएको जनशक्ति नै भएको बताए ।
कक्षा ७ का विद्यार्थी गुञ्जन बन्जाडेले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण कक्षा १० का विद्यार्थी स्नेह डाँगी र सुदीप शर्माले गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुमा बैजनी बहार, तस्बिरहरू
-
जीवन–अनुभव र कलादृष्टि
-
पहलगाम हमलाबारे बयान दिँदा कानुनी झमेलामा फसे विजय देवरकोन्डा
-
आपसी मित्रता, प्रेम र सद्भाव जागृत गराउन आवश्यक : राष्ट्रपति
-
बितेको वर्ष प्रेस स्वतन्त्रता हननका ७६ घटना
-
'हाउस अरेस्ट' विवाद : अश्लील सामग्री प्रशारणको आरोपमा बिग बोस विजेता एजाजविरुद्ध मुद्दा दायर