दिल्लीमा भारी वर्षाले घर भत्किँदा चार जनाको मृत्यु
नयाँ दिल्ली । शुक्रबार बिहान दिल्ली एनसीआरमा भारी वर्षा भएको छ । आँधीबेहरी र वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको खबर छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारी वर्षाका कारण दिल्लीको नजफगढमा घर भत्किँदा तीन बालबालिका र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
वर्षाले दिल्ली विमानस्थललाई पनि असर गरेको छ । पीटीआईका अनुसार आँधीबेहरी र तेज हावाका कारण दिल्ली विमानस्थलमा तीन उडानहरू डाइभर्ट गरिएको थियो भने १०० भन्दा बढी उडानहरू ढिलाइ भएका छन् । दिल्ली विमानस्थलमा अवतरण गर्ने दुई उडानहरू जयपुर र एउटा अहमदाबाद डाइभर्ट गरिएको एक अधिकारीले पीटीआईलाई बताए ।
दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडको आधिकारिक एक्स खातामा जारी गरिएको पछिल्लो एड्भाइजरीमा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा रहेको उल्लेख छ ।
यद्यपि, खराब मौसमका कारण केही उडान सञ्चालन प्रभावित भएको भनिएको छ । विमानस्थलले यात्रुहरूलाई आफ्नो उडानबारे जानकारीको लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण