शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

दिल्लीमा भारी वर्षाले घर भत्किँदा चार जनाको मृत्यु

शुक्रबार, १९ वैशाख २०८२, ११ : ५९
शुक्रबार, १९ वैशाख २०८२

नयाँ दिल्ली । शुक्रबार बिहान दिल्ली एनसीआरमा भारी वर्षा भएको छ । आँधीबेहरी र वर्षाका कारण दिल्लीको नजफगढमा चार जनाको मृत्यु भएको खबर छ । समाचार एजेन्सी पीटीआईका अनुसार भारी वर्षाका कारण दिल्लीको नजफगढमा घर भत्किँदा तीन बालबालिका र एक महिलाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । 

वर्षाले दिल्ली विमानस्थललाई पनि असर गरेको छ । पीटीआईका अनुसार आँधीबेहरी र तेज हावाका कारण दिल्ली विमानस्थलमा तीन उडानहरू डाइभर्ट गरिएको थियो भने १०० भन्दा बढी उडानहरू ढिलाइ भएका छन् । दिल्ली विमानस्थलमा अवतरण गर्ने दुई उडानहरू जयपुर र एउटा अहमदाबाद डाइभर्ट गरिएको एक अधिकारीले पीटीआईलाई बताए । 

दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल लिमिटेडको आधिकारिक एक्स खातामा जारी गरिएको पछिल्लो एड्भाइजरीमा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा रहेको उल्लेख छ । 

यद्यपि, खराब मौसमका कारण केही उडान सञ्चालन प्रभावित भएको भनिएको छ । विमानस्थलले यात्रुहरूलाई आफ्नो उडानबारे जानकारीको लागि सम्बन्धित एयरलाइन्समा सम्पर्क गर्न अनुरोध गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप

छुटाउनुभयो कि ?