शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

‘अञ्जिला’ प्रदर्शनको ५१ औँ दिनमा प्रवेश

शुक्रबार, १९ वैशाख २०८२, १२ : ०७
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । फिल्म ‘अञ्जिला’ ले प्रदर्शनको ५१ औँ दिनमा प्रवेश गर्न सफल भएको छ । गतवर्षको फागुन २९ गतेदेखि प्रदर्शनमा आएको फिल्मले १० करोड बढीको ब्यवसाय गर्दै ५१ औँ दिनमा प्रवेश गर्न सफल भएको हो ।

फिल्म मिलन चाम्सले निर्देशन गरेका हुन् । फिल्मले प्रदर्शनको ५१ औँ दिन छोएको छ’,  निर्देशक चाम्सले भने ‘सम्भवत ५१ दिन पुग्ने यो पहिलो वायोपिक नेपाली फिल्म हो ।’ फिल्मले ५१ औँ दिन पुरा गरेको उपलक्ष्यमा निर्माण युनिटले शुक्रबार एक कार्यक्रम गर्दै सेलिब्रेसन गर्दैछ । 

‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म हो । फिल्ममा उनीसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप