अमेरिका र इरानबिचको आणविक वार्तामा भोलि हुने भनिएको बैठक स्थगित
वासिङ्टन डीसी । अमेरिका– इरानबिचको आणविक सम्झौतामा शनिबार हुने भनिएको चौथो चरणको वार्ता हाललाई स्थगित गरिएको छ । दुई देश बिचको वार्तामा मध्यस्थता गरिरहेका ओमानी विदेशमन्त्री बद्र अल्बुसैदीले यो जानकारी दिएका हुन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोष्ट गर्दै उनले मे ३ शनिबारका लागि तय भएको अमेरिका–इरानबिचको बैठक स्थगित गरिएको भनेका छन् । बैठकको अर्को मिति दुवै देशको आपसी सहमतिमा घोषणा गरिने पनि उनले बताएका छन् ।
‘चौथो चरणको वार्तामा अमेरिकाको सहभागिताको समय र स्थान कहिल्यै निर्धारण गरिएको थिएन ।’ ओमानी विदेशमन्त्रीको पोष्टबारे बीबीसी फारसीले सोधेको प्रश्नको जवाफ दिँदै अमेरिकी विदेश विभागका प्रवक्ता ट्यामी ब्रुसले भनेका छन् । तर आफ्ना प्रतिनिधिहरूले वार्तामा भनेको कुराको आधारमा निकट भविष्यमा केहि हुने आफूलाई लागेको र केही विवरणहरू हुने बित्तिकै जानकारी गराउने अझ अगाडि ब्रुसले बताए ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका सबै देशहरूलाई इरानबाट तेल किन्न बन्द गर्न वा थप अमेरिकी प्रतिबन्धहरूको सामना गर्न तयार रहन चेतावनी दिएका छन् । अमेरिकी रक्षा सचिव पिट हेगसेथले बुधबार इरानलाई हुथीहरूलाई समर्थन गरेकोमा मूल्य चुकाउनु चेतावनी दिएकै समयमा चौथो चरणको वार्ता स्थगित भएको खबर आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण