गीतकार धन बस्नेतले ल्याए ‘निश्वास’

काठमाडौँ । गीतकार धन बस्नेतको गीति सङ्ग्रह ‘निश्वास’ सार्वजनिक गरिएको छ । ‘तिमिपनि पराई बने’, ‘उन्दै छु म एउटा माला’ र ‘बोल्न मन लाग्छ तर’ बोलका तीनवटा गीतहरू समावेश एल्बममा हरि लम्सालले एकल संगीत दिएका छन् ।
गीतहरूमा रामकृष्ण ढकाल, स्वरूपराज आचार्य, प्रमोद खरेलको स्वर छ । एल्बम भित्र समावेश दुईवटा गीतहरू ‘उन्दै छु म एउटा माला’ र ‘बोल्न मन लाग्छ तर’को भिडियो पनि बनेको छ । गायक स्वरूपराज आचार्यको ‘उन्दै छु म एउटा माला’ गीतको भिडियोमा प्रिज्मा खतिवडा र सागर खनालको अभिनय छ । जसलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
रामकृष्ण ढकालको स्वर रहेको गीत ‘बोल्न मन लाग्छ तर’को भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय छ । भिडियो लक्ष्मी र जीवनले निर्देशन गरेका हुन् ।
‘तिमिपनि पराई बने’ गीतमा भने गायक प्रमोद खरेलले स्वर दिएका छन् । जसको भिडियो बन्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा पुदिना खानुका फाइदा
-
अप्रिलमा भित्रिए एक लाख १६ हजार विदेशी पर्यटक
-
अपाङ्गता अधिकारसम्बन्धी ऐनको पूर्णरुपमा कार्यान्वयन हुनुपर्छ – पदमबहादुर परियार
-
बारामा २२५ किलो गाँजासहित ४ जना पक्राउ
-
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी
-
संविधान कार्यान्वयनमा नेपाली प्रेसको भूमिका सराहनीय छ : प्रचण्ड