गीतकार धन बस्नेतले ल्याए ‘निश्वास’
काठमाडौँ । गीतकार धन बस्नेतको गीति सङ्ग्रह ‘निश्वास’ सार्वजनिक गरिएको छ । ‘तिमिपनि पराई बने’, ‘उन्दै छु म एउटा माला’ र ‘बोल्न मन लाग्छ तर’ बोलका तीनवटा गीतहरू समावेश एल्बममा हरि लम्सालले एकल संगीत दिएका छन् ।
गीतहरूमा रामकृष्ण ढकाल, स्वरूपराज आचार्य, प्रमोद खरेलको स्वर छ । एल्बम भित्र समावेश दुईवटा गीतहरू ‘उन्दै छु म एउटा माला’ र ‘बोल्न मन लाग्छ तर’को भिडियो पनि बनेको छ । गायक स्वरूपराज आचार्यको ‘उन्दै छु म एउटा माला’ गीतको भिडियोमा प्रिज्मा खतिवडा र सागर खनालको अभिनय छ । जसलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।
रामकृष्ण ढकालको स्वर रहेको गीत ‘बोल्न मन लाग्छ तर’को भिडियोमा लक्ष्मी बर्देवा र जीवन भट्टराईको अभिनय छ । भिडियो लक्ष्मी र जीवनले निर्देशन गरेका हुन् ।
‘तिमिपनि पराई बने’ गीतमा भने गायक प्रमोद खरेलले स्वर दिएका छन् । जसको भिडियो बन्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण