आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सानिमा रिलायन्सद्वारा असहाय व्यक्तिहरूलाई सहयोग प्रदान

बुधबार, ०९ फागुन २०८०, १७ : २९
बुधबार, ०९ फागुन २०८०

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले जन्मजात अथवा कुनै भवितव्यमा परी आफ्नो हात वा खुट्टा गुमाउन पुगेका असहाय व्यक्तिहरूलाई रु १ लाख बराबरको कृत्रिम हात र खुट्टा प्रदान गरेको छ । 

 रोटरी क्लब अफ नारायणगढले आयोजना गरेको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिव नाथ पाण्डेले उक्त सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।   कार्यक्रममा कम्पनीको डेपुटी सिईओ नीराजन कँडेल, एरिया म्यानेजर इसा प्रधान लगायतको उपस्थिति रहेको थियो ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ५ ओटा कृत्रिम खट्टाहरू  र ३ ओटा कृत्रिम हातहरू प्रदान गरेको थियो । जनताको दुखमा कम्पनीको साथ रहेको र यस्ता खालका कार्यक्रमले कम्पनी सामाजिक उत्तरदायित्व बहन गर्ने एक जिम्मेवार कम्पनीको रूपमा प्रस्तुत गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप