प्रदेश सरकार र पहिचानवादीबिच ३ बुँदे सहमति
विराटनगर । कोशी प्रदेश सरकारी वार्ता टोली र प्रदेश १ पुनः नामकरण संघर्ष समितिको दोस्रो वार्तामा तीन बुँदे सहमति भएको छ । विराटनगरस्थित होटल स्टर्न स्टारमा बुधबार भएको दुई पक्षको वार्ता टोलीले उक्त सहमति गरेको हो ।
उनीहरूबिच प्रदेशको पुनः नामाङ्कनको प्रक्रियालाई अगाडि बढाउन सरकार र आन्दोलनरत पक्ष दुवैले ठोस कसरत गरेर निष्कर्षको चरणमा पुर्याउन आगामी वार्ता सम्ममा पहल गर्ने, सरकारको तर्फबाट यसअघिको वार्तामा भएको सहमतिको बुँदा नम्बर ३ र ४ कार्यान्वयन प्रक्रिया अगाडि बढेको प्रगति विवरण प्रस्तुत भयो र सो विषयप्रति दुवै पक्षबाट सकारात्मक समीक्षा गर्दै फाल्गुन मसान्तभित्र कार्यान्वयन गर्ने र पहिचानको आन्दोलनको क्रममा लागेका मुद्दाहरु फिर्ता लिने सम्बन्धमा विभिन्न अदालतहरुमा विचाराधीन मुद्दाहरुको विवरण र घाइतेहरुको उपचार खर्चको विवरण संकलन गरी पेस गर्न सरकार पक्षबाट २ जना र आन्दोलनरत पक्षबाट २ जना रहने गरी एक कार्यदल गठन गर्ने सहमति भएको हो ।
यसअघिको वार्तामा दुई पक्षबिच ५ बुँदे सहमति भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
-
रवि लामिछानेले बोलाए सर्वदलीय बैठक
-
संरक्षण अभावमा रामप्रसाद राईको शालिकसहित पार्क सङ्कटमा
-
केराको बोट सुक्न थालेपछि किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण