२३ दिन लगाएर काठमाडौँ आएका मिटरब्याज पीडितलाई सरकारले ढोका बन्द नगरोस् : रवि लामिछाने
बिहीबार, १० फागुन २०८०, १२ : ०३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले २३ दिन लगाएर आएका काठमाडौँ आएका मिटरब्याजीलाई वार्ताको ढोका बन्द नगर्न सरकारलाई आग्रह गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै लामिछानेले चितवनका साथै देशैभरीका दूध किसान र मह किसान मारमा परेको बताए ।
उनले भने–‘किसानहरू दूध पोखेर बसिरहेका छन् भने अर्कोतिर विदेशबाट आयातित मह र पाउडर दूधले स्थान पाइरहेको छ । किसानलाई नजर अन्दाज ग¥यो भने किसानको आन्दोलनले सरकार ढाल्ने सम्मको क्षमता राख्छन्, होसियार रहनुहोला ।’
उनले भूमिहीन सुकुम्वासीलाई चुनावी फन्डको रूपमा मात्र भूमि दिने भन्ने गरेको उल्लेख गर्दै त्यसलाई गम्भीर रूपमा लिनुपर्ने बताए । उनले भरतपुर महानगरको फोहोर व्यवस्थापनको विकल्प खोज्न पनि आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण