शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लग्जरी टेस्लाको मोडल थ्री नेपाली बजारमा, मूल्य १ करोड ३५ लाख

बिहीबार, १० फागुन २०८०, १४ : ०६
बिहीबार, १० फागुन २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा केही समय अगाडि मात्रै आएको टेस्ला मोडल थ्रीको २०२४ भर्सन नेपाली बजारमा आएको छ। ‘हामी अरेट इन्टरनेशल सधै लक्जरी गाडी नेपाल ल्याएर ग्राहकको चाहना पुरा गर्न प्रतिवद्ध छौं, त्यसैअनुरुप अन्तर्राष्ट्रिय बजारमा आएको केही महिना भित्रै मोडल थ्री नेपाल ल्याएका हौं’ आयात कम्पनी अरेट इन्टरनेशनलका सीईओ विनोद श्रेष्ठले बताए ।

टेस्लाले पहिलोपटक ठूलो र उत्कृष्ट परिमार्जनसहित बजारमा ल्याएको यस मोडल थ्री लग्जरी इलेक्ट्रिक कार वर्गमा सर्वोत्कृष्ट स्थानमा पर्दछ। टेस्ला मोडल थ्री विश्व बजारमा सर्वाधिक बिक्री हुने मध्येको एक मोडल हो, त्यसमा पनि ठूलो परिमार्जनसहित नेपाल आएको यो नयाँ कार मोडल थ्री को रिफ्रेस्द भर्सन हो।

फराकिलो ३६० डिग्रीको दृश्य देखिन सक्ने मूनरुफ, उत्कृष्ट नयाँ डिजाइनको एम्बीयन्ट लाइट, भेगन सिट, फ्यूचरिष्टीक बडी डिजाइन, भरपुर सुरक्षा फिचर, बाहिरी अनावश्यक साउन्ड प्रुफ क्याविनको कारण यस नयाँ मोडल थ्रीले विश्वभर चर्चा पाउन सफल भएको छ।

tesal2

पहिलो पटक कूलिंग सहितको भेन्टिलेटर सीट रहेको यस भर्सनमा प्रयोग गरिएको सीट म्येट्रियल पनि पूर्ण रुपमा क्याक्टसबाट निर्मित, दाग प्रतिरोधी (स्टेनलेस) लेडर हो। एरो डाइनमिक र वाटर सिंक प्रुफ सहितको विशेषता रहेको यस कार, सुरक्षाको दृष्टिकोणले अन्तर्राष्ट्रिय (एनएच टीसीए) बाट ५ स्टारको रेटिङ प्राप्त गरेको छ।

कालो सेतो र काठको कलरबाट सजिएको भित्रि भागमा निकै स्लीम डिजाइनमा बनेको ड्यासबोर्ड यसमा पाउन सकिन्छ। ड्यासबोर्डमा दिइएको १५४ इन्चको इन्फर्मेशन डिस्प्लेबाटै कारको हरेक कुरा नियन्त्रण गर्न सक्दछौं। यस मोडलमा कुनै पनि बटम ड्यास बोर्डमा छैन। यहाँसम्म कि गियर नब पनि डिजिटल नै उपलब्ध रहेको छ। गियर शिफ्टिंग, इण्डिकेतर प्रयोग लगायतका फक्सनहरु समेत डिजिटल रुपमा उपलब्ध रहेकोले यसको इन्टेअर अझ फराकिलो र सुन्दर बनेको छ।

पछाडि बस्ने प्यासेन्जरको लागिसमेत छुट्टै ८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम यस मोडलमा पाउन सकिन्छ। सबै लाइट एलइडी रहेको कारमा १९ ईन्चको आकर्षक अलोय ह्विल दिइएको छ। यो कार रातो, कालो, निलो, सेतो र खरानी कलरमा उपलब्ध रहने छ। एडास फिचर पर्ने सम्पूर्ण सुरक्षा फिचर यसमा दिइएको छ।

मोडल थ्रीको नेपाली बजार मूल्य कलर अनुसार १ करोड ३५ लाखदेखि १ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप