संसदमा सोविताको आक्रोश : ‘त्यो सडकमा दुर्घटनाले मृत्यु भए राज्यद्वारा गरिएको हत्या हुनेछ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले साँखु–फड्केश्वर सडक खण्ड अन्तर्गत काठमाडौँ क्षेत्र नम्बर २ शंखरापुर नगरपालिका वडा नम्बर १ नाङलेमा भासिएको सडक ६ महिनाभन्दा बढी हुँदा पनि सरकारले नहेरेको भन्दै आक्रोश व्यक्त गरेकी छिन् ।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले सडक भासिएको ठाउँबाट कुनै पनि बेला पहिरोले त्यसमुनि रहेका गाउँमा क्षति पुग्ने र सवारी साधन खसेर ठुलो जनधनको क्षति हुने सम्भावना रहेको बताइन् ।
आफूले ६ महिनाको अवधिमा संघ र प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयमा बारम्बार धाएको उल्लेख गर्दै कहिले म्याद थप र कहिले हस्तान्तरणको बाहान बनाउँदै संघले प्रदेशको र प्रदेशले संघको जिम्मेवारी देखाएर तास–पासको गेम खेलिरहेको गुनासो गरिन् । उनले सो बाटो यथाशीघ्र बनाउन सरकारलाई खबरदारी गरिन् ।
सांसद गौतमले भनिन–‘मैले यसरी सांसदबाट सरकारलाई ध्यानाकर्षण गराउँदा पनि त्यहाँको बाटो बन्दैन भने, त्यहाँ कुनै दुर्घटना भयो, जनधनको क्षति भयो, कुनै मानिसको मृत्यु भयो भने म सरकारलाई खबरदारी गर्न चाहन्छु, खबरदार सरकार, त्यो कुनै दुर्घटनाबाट भएको मृत्यु हैन, त्यो राज्यद्वारा गरिएको हत्या हुनेछ । साथै संविधानले परिकल्पना गरेको सङ्घीयता यस्तै हो भने, प्रदेशको संरचना यस्तै हो भने जनताले दुःखमाथि दुःख मात्रै पाइराख्ने हो भने यस्तो प्रकारको दुःख पाइरहने प्रदेशको संरचना, यस्तो सङ्घीयता हामीलाई चाहिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समूह ‘एल’ को निर्णायक भिडन्त: नकआउट चरणका लागि क्रोएसियाको अन्तिम कसरत
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या १,४३० पुग्यो
-
आरोही फुञ्जो बनिन् पर्यटन सद्भावना दूत
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण