गठबन्धनमा समस्या छैन : अध्यक्ष नेपाल
बिहीबार, १७ फागुन २०८०, २० : ४५
चितवन । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् ।
चितवन बिहीबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले भने, “गठबन्धनमा त्यस्तो कुनै प्रश्न खडा भएको छैन । गठबन्धन धर्मराएको पनि छैन । बलियो जगमा उभिएको छ ।”
धेरै राजनीतिक दल गठबन्धनमा रहेकाले सामान्य आउने उल्लेख गर्दै अध्यक्ष नेपालले ती समस्याको समाधान खोजिने बताए । देखिएका समस्याको छलफलबाट उपाय निकालिने उनको भनाइ थियो ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र आफ्नो पार्टीको बैठक बसेको तथा बिचारहरु आएको उल्लेख गर्दै उनले बिचारको आधारमा कुन ढङ्गले अघि बढ्छन् त्यो हेर्न बाँकी रहेको बताए । गठबन्धनमा देखिएका दरारलाई समाधान गर्दै अघि बढ्ने अध्यक्ष नेपालको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर