बालुवाटारमा देउवा र ओलीसँग प्रचण्डको छुट्टाछुट्टै भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी)बारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले दुई नेतासँग छुट्टाछुट्टै छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘टीआरसी विधेयकका बारेमा प्रधानमन्त्रीज्युले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले रातोपाटीसँग भने, ‘दुवै नेता टीआरसी सहमतिमै अघि बढाउन सकारात्मक हुनुहुन्छ ।’
उक्त विधेयक संसद्को कानुन समितिमा छ । समितिबाट सहमतिमै विधेयक अघि बढाउने पक्षमा प्रधानमन्त्री छन् । आजै समितिमा यो विधेयकमाथि छलफल हुँदैछ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले दुई दलका नेतासँग कुराकानी गरेका हुन् । यसअघि नेकपा एमालेले टीआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै चार बुँदामा असहमति जनाएको थियो । तर पछिल्लो समय एमाले आफ्नो अडानप्रति केही लचक हुने संकेत देखिएको नेताहरूको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूमिहीनलाई व्यवस्थित गर्न पालिका सक्रिय
-
चेन्नईविरुद्धको खेल पञ्जाबको पञ्जामा, एकाएक चम्किए कप्तान अय्यर
-
१२ बजे, १२ समाचार : अभिनेत्री सुरक्षा पन्तको प्रतिरक्षा गर्दै राजावादीलाई प्रधानमन्त्रीको व्यंग्यदेखि धारामा पानी थापेको आरोपमा दलित युवतीमाथि कुटपिटसम्म
-
सरकार र शिक्षकबिच वार्ताको त्यो ७ घण्टा
-
युक्रेनले अमेरिकासँग छिट्टै खनिज सम्झौता गर्ने
-
सुरक्षाको बचाउ गर्दै प्रधानमन्त्रीले भने - राजावादीले कस्तो सहनै नसकेको होला