बालुवाटारमा देउवा र ओलीसँग प्रचण्डको छुट्टाछुट्टै भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिहरूको छानबिन आयोगसम्बन्धी विधेयक (टीआरसी)बारे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।
आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डले दुई नेतासँग छुट्टाछुट्टै छलफल गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘टीआरसी विधेयकका बारेमा प्रधानमन्त्रीज्युले कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले रातोपाटीसँग भने, ‘दुवै नेता टीआरसी सहमतिमै अघि बढाउन सकारात्मक हुनुहुन्छ ।’
उक्त विधेयक संसद्को कानुन समितिमा छ । समितिबाट सहमतिमै विधेयक अघि बढाउने पक्षमा प्रधानमन्त्री छन् । आजै समितिमा यो विधेयकमाथि छलफल हुँदैछ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले दुई दलका नेतासँग कुराकानी गरेका हुन् । यसअघि नेकपा एमालेले टीआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै चार बुँदामा असहमति जनाएको थियो । तर पछिल्लो समय एमाले आफ्नो अडानप्रति केही लचक हुने संकेत देखिएको नेताहरूको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनल खेल्ने क्रममा घाइते भएकी विमलाको सफल शल्यक्रिया
-
द्विपक्षीय भेटवार्ता : भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण
-
भारतीय क्रिकेटमा नयाँ इतिहास: १५ वर्षे वैभवले तोडे सचिनको कीर्तिमान, श्रेयस बने नयाँ टी-ट्वान्टी कप्तान
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण