म बेचिएको मान्छे
हो म बेचिएको मान्छे
म बेचिएर टाढा आइपुगेको छु
मलाई किन्नेले खोज्दै गएको थिएन मेरो ठाउँमा
मेरो ठाउँको मेरै आफ्ना भनाउँदाहरूले
मिठामिठा सपना देखाएर
नफस्ने भनेको मलाई गज्जबले फसाए
आफैँले आफैँलाई बेच्न
अपुग नगदमा
बाउबाजेको बिरासत जिन्सीको पुर्जा
सर्वसुलभ सहकारीमा धितो राखेर
माग्नेले मागे जतिको रकम भुक्तानी गरेर
मैले बेचेँ आफैँले आफैँलाई
म बेचिएको मान्छे !
म बेचिएर आएदेखि
मेरो खुसीको रङ बदलिएको छ
मेरो रहरको मूल सुकेको छ
मेरो उमंगको बगैँचामा कालो गुलाफ फुलेको छ
मेरो विवशताको फाइदा लिएर
मलाई लिलाम गर्नेहरूको
चुलोमा भोक होइन
अनेकौँ व्यञ्जन पाक्दै छन् रे
मलाई बेचेर पाएको ऐश्वर्यले
गाउँ छाडेर मुकाममा महल ठडाएको
खबरले म आफ्नै प्रारब्ध सम्झेर
खिस्स हाँस्ने गरेको छु आजभोलि
मेरा लालाबालाको सपनाको अपहरण गरेर
उनीहरूले आफ्ना सन्ततिको सुन्दर भविष्य निर्माण गर्दै छन् रे ।
मेरा सपनाहरू बिक्री भइसकेका छन्
मेरा कल्पनाहरू लावारिस भएर
उदास साँझहरूसँगै टहलिँदै छन्
अब मसँग
खोक्रो मेसिनजस्तै चल्ने
३०–३५ धार्नी जतिको
हाड–मासुको सजीव थुप्रो हुँ
मेरो मन मरिसकेको छ
मेरो मस्तिष्कले के के सोच्न थालेको छ
सोचाइहरू कहिले आगो बनेर बल्न खोज्छन्
कहिले चट्याङ बनेर उसको मतिमाथि खस्न मन लाग्छ
जसले मेरो सोझोपनालाई
खेलौना बनाइगयो
हो म बेचिएको मान्छे ।
ए साँच्चिकै
तिमी त बगरेजस्तै
नामुद मानिस बेच्ने व्यापारी
सक्छौ भने अब
मधुशालाबाट केही दिनको छुट्टी लिएर आऊ
अनि एउटा भव्य वधशालामा स्टल थापेर
मेरो मुटु, कलेजो, मिर्गौला बेचिदेऊ
बेचिएको पैसाबाट
कमसे कम मेरो बालबच्चाको
आधा बाटोमा छुटेको
शिक्षा पूरा हुनेछ ।
हो, म त आफैँले आफैँलाई बेचेको
आधुनिक युगको
बिकाउ सभ्यता थाम्ने
अनौपचारिक अनौठो मान्छे ।
पाँचखाल, काभ्रेपलान्चोक– ११
हाल : लिमासोल, साइप्रस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी र अघोषित लोडसेडिङले धनगढीको जनजीवन अस्तव्यस्त
-
आयोजना निर्माणमा प्रक्रियागत झन्झट अन्त्य गर्ने नयाँ रणनीतिः १० वर्षका लागि ‘सनसेट कानुन’ ल्याइँदै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण