नारी दिवस
नारी तिमीलाई भिराइन्छ अबलाको बिल्ला,
यस्तै भनी–भनीकन न्याय कहिले मिल्ला ।
शिक्षित र कमाइ खाने बुहारी पत्नी खोज्ने,
जन्माउँदा सधैँभरि छोरा मात्र रोज्ने ।
छोरी भए भ्रूणमै हत्या गरिदिने,
अनि तिमीलाई बुहारी पत्नी कसले हो दिने ।
सुकोमल हृदयको तिमी छौ खानी,
भन्ने गर्छन् बनाएर राख्नेछु रानी ।
बिहे गरी लगेपछि सब काम गराउनी,
ज्याला नै दिनुनपर्ने पाउँछौँ नोकरानी ।
हरेक कामको जिम्मेवारी पूर्ण रूपमा लिने,
यो समाजले नारीलाई सम्मान कहिले दिने ?
बलात्कार र हत्या–हिंसा हुन्छ तिमीमाथि,
घरभित्रै असुरक्षित हुन्छन्, नारी जाति ।
होटल र सभाहलमा हुन्छ नारी दिवस,
गरिब र निमुखाचाहिँ हिंसा भोग्न विवश ।
अशिक्षित नारीलाई के थाहा के हो नारी दिवस,
हिंसा सहन बाध्य हुन्छन्, नारीहरू विवश ।
लाखौँ लाख खर्चिएर हुन्छ नारी दिवस,
संसारकै नारीहरू हिंसा भोग्न विवश ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण