कविता : मान्छेको चरित्र
मेरै सहाराले उठेको ऊ
आज म पछारिएको हेर्न आतुर छ
मेरो पसिनाले बनाएको महलमा बसेर ऊ
मेरो झुपडीमा आगो झोँस्न आतुर छ
उसको हातमा देखिरहेछु झर्झराउँदो आगो ।
मेरो लुङ्गीमा लुक्दै बाँचेको ऊ
म नाङ्गिएको हेर्न आतुर छ
मुटु बचाउने मेरो तरिका सिकेर
मेरै हर्ट–अट्याक देख्न आतुर छ
हातमा सिस्नु लिएर ऊ मलाई भीरतिर लखेट्न खोजिरहेछ ।
मेरो सहाराले अघि बढेको ऊ
मलाई बेसहारा देख्न आतुर छ
मेरो भाग्यले कमाएको सम्पत्तिमा रमेर
मलाई भिखारी देख्न आतुर छ
मेरै सहयोगले गगन चुम्न सफल ऊ
मलाई धर्तीबाटै नामेट पार्न आतुर छ
मेरो रगतले बाँचेको मान्छे ऊ
मेरो लास जलेको हेर्न आतुर छ ।
ऊ शववाहन राखेर ढोकामा
भित्र कोसँग के के मन्त्रणा गरिरहेछ ।
उसलाई एउटा खबर पठाउन मन छ—
कोठाकोठामा भेटेर सबैलाई आफ्नो बनाएजस्तो
यमराज तिम्रो हुनेछैन
त्यो शव वाहनमा मभन्दा पहिले
तिमी नै चढ्नुप¥यो भने के गर्छौ ?
(शान्तिनगर काठमाडौँ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण