चेलीको वेदना

कुनै पनि चेलीले आफ्नो जीवन
आफ्नो हिसाबले बाँच्न पाउँदिनन् भने
हे भगवान उनलाई नजन्माऊ
छोरी यदि छोरी भएर बाँच्न पाउँदिनन् भने
हे भगवान् उनलाई यस धर्तीमा नल्याइदेऊ।
आफ्नै बाबु, दाजुभाइबाट अपहेलित हुन्छिन् भने
उनीहरूको भागमा चेली नपारिदेऊ
मर्दापर्दा चाहिने छिमेकी
तिनै छिमेकीबाट छोरीचेली सुरक्षित छैनन् भने
समाजबिना एक्लै बस्न सक्ने बनाइदेऊ ।
भगवान्, तिमीलाई पुकार्दै मठ–मन्दिर धाउने हामी
तिम्रै आँगनमा छोरी–चेली बलात्कृत हुन्छन् भने
राख्नु छैन कुनै आस्था तिमीप्रति पनि
भगवान्भन्दा पनि महान् मानिने गुरुहरू
आफ्नै चेलीहरूमाथि कुदृष्टि राख्छन् भने
कसरी दिइराखौँ त्यही सम्मान
विद्यालयलाई दोस्रो घर मान्ने हामी
तर त्यही घरमा चेलीहरू बलात्कृत हुन्छन् भने
हे भगवान् नबनाइदेऊ दुईवटा घरको भाग्यमानी
कि त छोरीलाई जन्मै नदेऊ भगवान्
जन्म दिन्छौ भने या त संरक्षक बन
या उसलाई यति साहसी बन्न सक्ने भाग्य दिएर पठाऊ
ऊ हर नरभक्षीसँग प्रतिकार गर्न सकोस् ।
हे भगवान् ! तिमी पनि स्त्रीबिनै संसार चलाउन सक्छौ भने
चलाएर हेर
होइन भने स्त्रीलाई सम्मान गर्ने समाजको विकास गरिदेऊ ।
(टोखा, काठमाडौँ ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रातो झण्डा’ झुन्ड्याएर बाढीसँग लडिरहेको एउटा साहसी गाउँ
-
आजका लागि विदेशी मुद्राको विनिमय दर
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’