आनन्दमोहन भट्टराई आजबाट न्याय परिषद्का सदस्य
काठमाडौँ , सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश डा. आनन्दमोहन भट्टराई आजबाट न्याय परिषद्को सदस्य बनेका छन् । वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडाको अवकाशसँगै भट्टराई परिषद्का सदस्य बनेका हुन् ।
नेपालको संविधानको धारा १५३ बमोजिम सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीश न्याय परिषद्को पदेन सदस्य रहने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था बमोजिम भट्टराई आइतबारबाट न्याय परिषद्को सदस्य बनेका हुन् ।
यसअघि सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा गत फागुन २५ गतेबाट ६५ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा गएका थिए । त्यसलगत्तै वरिष्ठतम् न्यायाधीशका रूपमा भट्टराई शुक्रबारदेखि नै न्याय परिषद्को पदेन सदस्य बनेका हुन् । यद्यपि फागुन २५ गते शुक्रबार शिवरात्री र २६ गते शनिवार परेको कारण भट्टराई आइतबारबाट औपचारिक रूपमा न्याय परिषद्को सदस्य बनेका हुन् ।
न्याय परिषद्को अध्यक्ष प्रधानन्यायाधीश रहने व्यवस्था छ भने कानुन मन्त्री, सर्वोच्च अदालतको वरिष्ठतम् सदस्य, प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त कानुनविद् र नेपाल बार एसोसिएसनको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त एक कानुन व्यवसायी सदस्य रहने व्यवस्था छ ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीश सिफारिस, उच्च र जिल्ला अदालतमा न्यायाधीशको नियुक्ति, न्यायाधीश तथा कानुन सेवाका उच्च पदस्थ कर्मचारीको सरुवा तथा कारबाही लगायतका विषयमा कामकाज गर्ने गर्दछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण