उपेन्द्र यादवलाई मन्त्री बनाइएकोमा असन्तुष्टि
आइतबार, २७ फागुन २०८०, १७ : ०३
काठमाडौँ । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनाएको भन्दै असन्तुष्टि पोखेको छ ।
संघर्ष समितिको तर्फबाट संयोजक रुपसागर उपाध्यायले आइतबार विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका हुन् । ‘पीडितसँग गरेको लिखित सम्झौता एवं प्रतिबद्धता विपरित उल्टै मन्त्री बनाउने कार्य आपत्तिजनक, दुखद एवं निन्दनीय मात्र नभई कानूनी शासनको उपहास पनि हो’, विज्ञप्तिमा भनिएको छ । यस हर्कतले न्यायको परखाईमा रहेका आफूहरूलाई झन् पीडित एवं मर्माहत बनाएको उनले बताए ।
आइतबार यादवले उपप्रधान एवम् स्वास्थ्य मन्त्रीको शपथ लिएका थिए । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले यादव सो प्रकरणमा दोषी रहेको भन्दै कारबाहीको माग गर्दै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण