मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

उपेन्द्र यादवलाई मन्त्री बनाइएकोमा असन्तुष्टि

आइतबार, २७ फागुन २०८०, १७ : ०३
आइतबार, २७ फागुन २०८०

काठमाडौँ । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनाएको भन्दै असन्तुष्टि पोखेको छ । 

 संघर्ष समितिको तर्फबाट संयोजक रुपसागर उपाध्यायले आइतबार विज्ञप्ति जारी गर्दै असन्तुष्टि जनाएका हुन् ।  ‘पीडितसँग गरेको लिखित सम्झौता एवं प्रतिबद्धता विपरित उल्टै मन्त्री बनाउने कार्य आपत्तिजनक, दुखद एवं निन्दनीय मात्र नभई कानूनी शासनको उपहास पनि हो’, विज्ञप्तिमा भनिएको छ ।  यस हर्कतले न्यायको परखाईमा रहेका आफूहरूलाई झन् पीडित एवं मर्माहत बनाएको उनले बताए । 

आइतबार यादवले उपप्रधान एवम् स्वास्थ्य मन्त्रीको शपथ लिएका थिए । गौर हत्याकाण्ड पीडित संघर्ष समितिले यादव सो प्रकरणमा दोषी रहेको भन्दै कारबाहीको माग गर्दै आएको छ । 

cb6f5ea9-7aa5-4459-ba2a-ba3116bca377

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप