निर्वाचन अघि भारतमा संशोधित नागरिकता ऐन लागू
नयाँ दिल्ली । भारतले नागरिकता संसोधन ऐन (सीएए) लागू गरेको छ । केन्द्र सरकारले सोमबारदेखि सो ऐन कार्यान्वयनमा ल्याएको हो । केन्द्र सरकारले ऐनको नियमसम्बन्धी अधिसूचना जारी गरेको छ । योसँगै कानुन लागू भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पटक पनि प्रधानमन्त्री बन्ने दाउ गरिरहँदा निर्वाचन सुरु हुनु केही हप्ता अघि यो कानुन लागू भएको हो ।
यो कानुनअनुसार सन् २०१४ को डिसेम्बर १४ अघि मुस्लिम बाहुल्यता भएका पाकिस्तान, बङ्गलादेश र अफगानिस्तानबाट धार्मिक उत्पीडनका कारण भारत आएका अल्पसङ्ख्यक हिन्दु, सिख, बौद्ध, जैन, पारसी र इसाई समुदायलाई नागरिकता दिइनेछ । यो कानुन सन् २०१९ को डिसेम्बरमै पारित भएको थियो ।
तर चौतर्फी विरोध अनि नयाँ दिल्ली र अन्यत्र साम्प्रदायिक हिंसा भड्किएपछि कानुन लागू गरिएको थिएन । कयौँ दिनसम्म हिन्दु र मुस्लिमबिच भएको झडपमा कम्तीमा ५३ जनाको मृत्यु भएको थियो भने २०० भन्दा धेरै घाइते भएका थिए ।
कानुन भारतका २० करोड मुस्लिमलाई भेदभाव गरेको अधिकारवादी समूह र मुस्लिम संघसंगठनहरुले बताउँदै आएका छन् । हिन्दुवादी सरकारले हिन्दु मतदाताहरूको मत बटुल्न प्रवासी हिन्दुका लागि भारतमा आएर बस्न सजिलो बनाउन खोजेको भन्दै विरोध पनि भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
-
लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण