परिवर्तनशील समय
ओहो ! समय कति परिवर्तनशील रहेछ
कुनै दिन तिमीले फुर्सद छैन भन्दा पनि पछि लागिरहने म
आजभोलि एकछिन समय निकाल न मेरा लागि भन्दा पनि
फुर्सद छैन भन्न लागेकी छु,
कुनै दिन तिमीसँग कुरा गरिरहन पाए हुन्थ्यो भन्ने म
आज तिमीले एकैछिन कुरा गरौँ न भन्दा
अल्छी लागेको छ भन्न थालेकी छु,
पहिले तिम्रो झुट पक्रँदा पनि थाहा नपाएजस्तो गर्ने म
आज तिमीसँगै झुट बोल्ने भएकी छु ।
कुनै दिन तिमीले बेवास्ता गरिएकी म
आज बल्ल आफ्नो महत्त्व बुझ्न थालेकी छु,
कुनै दिन तिम्रो खुसीमा आफ्नो खुसी पाउने म
खुसी त आफैँमा खोज्नुपर्ने रहेछ भन्ने थाहा पाएकी छु,
कुनै दिन मेरा लागि ननिस्केको तिम्रो समय कुरिरहने म
आज आफ्नो हर सेकेन्डको हिसाब खोज्ने भएकी छु ।
पहिले तिमी कसरी खुसी हुन्छौ भनेर
तिम्रै चाहना पूरा गर्न खोजिरहने म
आज बल्ल म कसरी खुसी हुने रहेछु भनेर खोज्न थालेकी छु
पहिले भीख मागेजस्तो गरी माया मागिरहने म
आज आफैँले आफैँलाई माया गर्न सिकेकी छु ।
हेर त समयको चक्र
पहिले तिमीले टार्यौ
अहिले मैले टार्न थालेँ,
पहिले तिम्रो खुसी रोज्ने म
अहिले आफ्नो खुसी खोज्ने भएँ,
पहिले तिम्रो समय खोज्ने म
अहिले आफ्नो समय बचत गर्ने भएँ
पहिले तिमीलाई बोलाइरहने म
अहिले तिमीसँग बोल्न नपरेहुन्थ्यो भन्ने भएँ,
पहिले तिमी भनेपछि मरिहत्ते गर्ने म
अहिले बल्ल आफ्नो मूल्य बुझ्ने भएँ
आखिरी सबै समयको खेल न रहेछ ।
चाहँदा नचाहँदै
मन–मस्तिष्कमा भएका भावनालाई
स्वनियन्त्रित गराउन मद्दत गर्ने
यो समय कति बलवान् रहेछ
ओहो ! समय कति परिवर्तनशील रहेछ ।
(टोखा, काठमाडौं)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण