कविता
आमा
शनिबार, ०३ चैत २०८०, १४ : ००
रोउँ भने कहाँ रोउँ आमा रुने ठाउँ भेटिएन ।
जोरछाँगाको पानीबिना तिर्सना नै मेटिएन ।।
पदेशमा आएँ आमा पीर नमानी बस्नु गाउँमा ।
बुढेसकाल लाग्यो अब नजानु है गाह्रो ठाउँमा ।।
फुले होला घरपारि लालीगुँरास राताम्य भई ।
यो साल पनि बिदा छैन अब क्यारी घर आउँ खै ।।
ऋण माग्न आउलान् आमा छोरा आएर दिन्छ भन्नु ।
ठूलो स्वर गर्लान् साहुले मुख नफर्काइ सोझी बन्नु ।।
कहाँ मन थियो मलाई जन्मभूमि छोडी आउन ।
हातमा ठेला फुटाएर तातो घाममा दिनहुुँ धाउन ।।
सात दिन भयो खाना छैन पेटमा सल कसेको छु ।
मन मुटुलाई गाँठो पारी पीडा सही बसेको छु ।।
बाँचे भने आउँछु आमा तिम्रो इच्छा पूरा गर्न ।
बुढेसकालमा थोरै भए नि मुहारमा हाँसो छर्न ।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराउँदै भँगेराको'चिरबिर' (तस्बिर)
-
पश्चिम एसियामा तनाव बढ्दै : अमेरिकाले गर्यो इरानका रडार साइटमा आक्रमण
-
चिडियाखानालाई दश लाख सहयोग
-
तस्बिरमा हेर्नुहोस् दोस्रो लाङटाङ ट्रेल रन
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण