भारतमा अप्रिल १९ देखि जुन १ सम्म आम निर्वाचन हुने
काठमाडौँ । भारतमा अप्रिल १९ देखि जुन १ सम्म आम निर्वाचन हुने भएको छ । भारतको निर्वाचन आयोगले देशमा आम निर्वाचन अप्रिल १९ देखि सात चरणमा हुने जनाएको हो ।
भारतका मुख्य निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा जुन १ गतेसम्म हुने निर्वाचनको सम्पूर्ण कार्यतालिका घोषणा गरेका हुन् । दक्षिण एशियाली देशका १० लाखभन्दा बढी मतदान केन्द्रमा करिब ९७ करोड मानिसले मतदान गर्ने अपेक्षा गरिएको अधिकारीहरूले बताएका छन् ।
कुमारले पैसाको दुरुपयोग, मांसपेशी, गलत सूचना र आदर्श आचारसंहिता उल्लङ्घन निर्वाचन आयोगका प्रमुख चुनौती रहेको बताए । आगामी निर्वाचनमा हिन्दु राष्ट्रवादी भारतीय जनता पार्टी (भाजपा)बाट वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि उम्मेदवार बन्न खोजिरहेका छन् । उनले मुख्य विपक्षी कांग्रेस पार्टीको नेतृत्वमा रहेको इण्डियन नेशनल डेभलपमेण्टल इन्क्लुसिभ एलायन्स (इण्डिया) नामक करिब दुई दर्जन विपक्षी दलहरूको गठबन्धनबाट चुनौती सामना गर्नुपर्नेछ ।
मोदीको भाजपाले आफ्नो लागि ३७० सिट र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) भनेर चिनिने गठबन्धनका लागि ४०० सिटको लक्ष्य राखेको छ । २०१९ मा भएको पछिल्लो चुनावमा, भाजपाले भारतीय संसद्को ५४३ सदस्यीय तल्लो सदनमा ३०३ सिट जितेको थियो । सन् १९८० मा गठन भएयता त्यो पार्टीको अहिलेसम्मकै धेरै सिट हो । सन् १९४७ मा बेलायती शासनबाट देश स्वतन्त्र भए यता धेरै वर्ष सत्तामा रहेको भारतीय कांग्रेस पार्टी पुनरागमनका लागि कडा संघर्ष गरिरहेको छ । -सिन्ह्वा/न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
-
लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण