बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
संसद् बैठक

महरा पक्राउ परेपछि गगन थापाले दिए सरकारलाई धन्यवाद (भिडियो सहित)

सोमबार, ०५ चैत २०८०, ११ : ३७
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तासीन माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेको सरकारलाई धन्यवाद दिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठककाे विशेष समयमा बोल्दै महामन्त्री थापाले महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन् ।

‘केही समयअगाडि तत्कालीन प्रतिपक्षी नेकपा एमालेले जोडदार ढङ्गले उठायो । सुन तस्करी प्रकरणमा शक्तिशाली मान्छे संलग्न भएका छन् । त्यसैले प्रहरीको नियमित अनुसन्धानबाट उनीहरूमाथिको छानबिन सही टुङ्गोमा पुग्न सक्दैन,’ उनले भने, ‘शक्तिशालीलाई लुकाउने प्रपञ्च भएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशङ्का सही साबित भयो । आयोगले प्रतिवेदन बुझाएको छ । भर्खर कृष्णबहादुर महरा पक्राउ पर्नुभयो भन्ने हामीले सुन्यौँ । सरकारलाई धन्यवाद छ ।’

सुन छानबिन आयोगले किटान गरेको एउटा मान्छे पनि छुट्न नहुने भन्दै सरकारलाई आफूहरूको पूर्ण साथ रहने थापाले बताए । ‘तलमाथि भयो भने सरकारलाई प्रश्न गर्ने हाम्रो भूमिका छ । योसँगै हामीलाई एउटा कुरा सिकाएको छ । त्यो बेला नेकपा एमालेले जोडदार ढङ्गले आवाज नउठाएको भए । आयोग नबन्ने रहेछ । आयोग नबनेको भए सुन काण्ड फासफुस हुने रहेछ,’ उनले भने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप