निन्द्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि मध्यरातमै हङ्गामा
रामपुर । निन्द्रामा पत्नीले बारम्बार भिनाजुको नाम लिएपछि एक पुरुषले मध्यरातमै हङ्गामा गर्नुका साथै मामिलालाई प्रहरी कार्यालयसम्म पुर्याएका छन् ।
घटना भारतको उत्तर प्रदेश राज्यको रामपुरमा भएको हो । अजीमनगर थाना क्षेत्र अन्तर्गत भएको सो घटनाबारे प्रहरीले उक्त दम्पतीको परिचय भने खुलाएको छैन ।
प्रहरीका अनुसार ६ महिना अघि उनीहरूको विवाह भएको थियो । तर, गत आइतबार राति निन्द्रामै पत्नीले आफ्नो भिनाजुको नाम बारम्बार लिएकी थिइन् ।
बारम्बार भिनाजुको नाम लिएपछि रिसले रन्थनिएका ती युवकले पत्नीलाई कुटपिट गरे । मध्यरातमा हो–हल्ला भएपछि छिमेकीहरूसमेत भेला भएका थिए ।
सोमबार बिहानै ती युवकले पत्नीका माइती पक्षलाई समेत बोलाएका थिए । त्यसपछि मामिला प्रहरी कार्यालयसम्म पुगेको थियो । प्रहरीले ती महिलासँग सोधपुछ गर्दा आफूले डरलाग्दो सपना देखेका कारण भिनाजुको नाम लिएको हुन सक्ने बताएकी थिइन् ।
आफूले सपना देखेको कुरा भने पनि राति पतिले निरन्तर कुटपिट गरेको उनको गुनासो थियो । पछि प्रहरीले दुवैलाई सम्झाइबुझाइ घर फर्काएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
-
लुम्बिनीमा सडक ठेक्का : नेपाली, भारतीय र चिनियाँ कम्पनीको प्रतिस्पर्धा
-
ट्राफिक कारबाहीमा चार लाख ९१ हजार राजस्व सङ्कलन
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
विद्यार्थीलाई पानी बोक्नैकै चिन्ता
-
तरकारी खेतीबाट बराहक्षेत्रका किसान आत्मनिर्भर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण