शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दुई वर्षका लागि नेतृत्व छान्दै कास्की एमाले, अधिवेशनको तयारी पूरा

शुक्रबार, ०९ चैत २०८०, १४ : ४१
शुक्रबार, ०९ चैत २०८०

पोखरा । नेकपा एमाले कास्कीले आगामी २ वर्षको लागि नयाँ नेतृत्व चयन गर्दैछ । शनिबारदेखि नयाँ कमिटी चयन गर्न एघारौँ जिल्ला अधिवेशन हुँदैछ । अधिवेशनको सबै तयारी पूरा भएको एमालेले जनाएको छ । 

अधिवेशनबाट १४१ सदस्यीय कमिटी निर्माण गर्ने तयारी छ । त्यसमध्ये १० प्रतिशत मनोनीत र १० प्रतिशत अन्य पार्टीबाट प्रवेश गरेकाको प्रतिनिधित्व हुन्छ ।

अधिवेशनमा कास्कीका ७२ वडा, जनसङ्गठन, सल्लाहकार परिषद्, तीन इलाकाका शाखा कमिटी, आयोजक कमिटीबाट गरी ९ सय ३५ प्रतिनिधि सहभागी हुने अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए । अधिवेशनको उद्घाटन केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप