शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भाडाका सवारी साधनको इजाजत अब अनलाइनबाट

मङ्गलबार, १३ चैत २०८०, १२ : ४७
मङ्गलबार, १३ चैत २०८०

भक्तपुर । सडकमा गुड्ने सार्वजनिक सवारी साधनलाई  बाटो इजाजत अब सेवाग्राहीले घरमा बसीबसी टिएमाईएस बागमती एप डाउनलोड गरी मोबाइलको सहायताले सेवा लिन सकिने छ  । बाटो इजाजत पत्र लिनलाई सेवाग्राहीले घन्टौँ कार्यालयमा बसेर समय खर्च गर्न नपर्ने  श्रम रोजगार तथा यातायात मन्त्रालयका  प्राविधिक इन्जिनियर सुदिप फुयाँलले जानकारी दिए । 

यो प्रणाली हाललाई बागमती प्रदेशमा मात्र लागू भएको छ । अरू प्रदेशमा लागू गरेको खण्डमा  सेवाग्राहीले राहत पाउनेतर्फ ट्राफिक कार्यालयका प्रमुख पोष राज पोख्रेलले ध्यानाकर्षण गराए । 

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्षमण लम्साल भने -'हामीलाई अपर्झट सार्वजनिक साधन लिएर कतै जानू पर्ने अवस्था सृजना हुन सक्छ यस्तो अवस्थामा हामी अब आफ्नो मोबाइलबाट अस्थायी पास (पटके) लिएर आफ्नो भाडाकाे साधन लिएर जान  सक्छौ । केन्द्रीय सरकारसँग चार महिनाको अथक प्रयास पछि हामी यो प्रविधि भित्र्याउन सफल भएका छौँ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप