गण्डकी सरकारबारे कांग्रेस र नेसपाबिच छलफल
काठमाडौँ । गण्डकी प्रदेश सरकारका सन्दर्भमा नेपाली कांग्रेस र नेपाल समाजवादी पार्टी (नेसपा) का नेताहरूबिच छलफल भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्णप्रसाद सिटौला र नेसपाका अध्यक्ष बाबुराम भट्टराईबिच भेटवार्ता भएको हो ।
बुधबार बिहान देउवा निवास बुढानीलकण्ठमा गण्डकी प्रदेश सरकारका विषयमा उनीहरूबिच छलफल भएको कांग्रेसका एक नेताले बताए । गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री छन् ।
कांग्रेसका २७, राप्रपाका २, एकीकृत समाजवादीबाट बाहिरिएर स्वतन्त्र हैसियत मगेका दीपक मनाङे र माओवादी चुनाव चिह्नबाट जितेका नेसपाका फणीन्द्र देवकोटाको समर्थनमा बहुमत जुटाउने मुख्यमन्त्री पाण्डेको रणनीति छ । मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पूर्वाधार मन्त्री बनाइसकेका छन् भने देवकोटाको समर्थनका लागि केन्द्रीय नेताहरूले नेसपा अध्यक्ष भट्टराईसँग संवाद अगाडि बढाएका छन् ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाले नेसपा अध्यक्ष भट्टराईले गण्डकीमा कांग्रेस नेतृत्वको सरकारलाई समर्थन गर्ने सन्दर्भमा सकारात्मक जवाफ दिएको बताए । मुख्यमन्त्री पाण्डेलाई मनाङे र देवकोटाले साथ दिने देखिए पनि गण्डकी सत्ता समीकरणमा निर्णायक शक्ति राप्रपा मौन छ ।
राप्रपाको साथ पाउने अवस्था बने विश्वासको मत लिने मुख्यमन्त्री पाण्डेको तयारी छ । माओवादी केन्द्रले २३ फागुनमा समर्थन फिर्ता लिएकाले २२ चैतसम्म मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । त्यसघि राप्रपालाई विश्वासमा लिन नसके मुख्यमन्त्री पाण्डे राजीनामा दिने मुडमा रहेको कांग्रेस सांसद डिल्लीराम सुवेदीले बताए ।
मनाङे र देवकोटालाई आफूसँग राखेर एमाले—माओवादीलाई सरकार गठनका लागि बहुमत पुग्न नदिने कांग्रेसको रणनीति छ । एमालेका २२ र माओवादीका (सभामुख र देवकोटा) बाहेक ६ र राप्रपाका २ गरी ३० सांसद मात्र हुन्छ ।
६० सदस्यीय गण्डकी प्रदेशमा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । संविधानको धारा १८६ को उपधारा २ अनुसार सरकार बन्न नसके प्रदेशसभाको पहिलो दलको हैसियतमा कांग्रेस नेतृत्वको सरकार बन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण