देउवाले इलाम-२ का उम्मेदवारका आकांक्षीलाई छलफलका लागि बोलाए
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले इलाम–२ को उम्मेदवारका आकांक्षीलाई छलफलका लागि बोलाएका छन् । बुधबार दिउँसो ४ बजे आफ्नै निवास बुढानीलकण्ठमा उनले इलाम–२ को उम्मेदवारका लागि सिफारिस भएकाहरूलाई छलफलमा बोलाएका हुन् ।
कांग्रेसको इलाम- १ निर्वाचन क्षेत्र, जिल्ला र कोशी प्रदेश समितिले ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । जसमा भेषराज आचार्य, केशव थापा, डम्बर खड्का, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राई छन् ।
उम्मेदवारका लागि नाम सिफारिस भएका काठमाडौँमा रहेका नेताहरूसँग सामूहिक छलफलका लागि बोलाइएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले बताए । २०७९ मङ्सिरमा सम्पन्न निर्वाचनमा इलाम—२ बाट निर्वाचित एमालेका सुवासचन्द्र नेम्वाङको भदौ २६ मा निधन भएपछि आगामी वैशाख १५ मा उपनिर्वाचन हुन लागेको छ ।
यसअघि नेम्बाङसँग कांग्रेसका खड्का ११४ मतले पराजित भएका थिए । कांग्रेसले चैत २० गतेसम्म कार्यसम्पादन समिति र संसदीय बोर्डको बैठक राखेर उपनिर्वाचनका उम्मेदवार चयन गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिकोका लागि प्रस्थान
-
इन्द्रसरोवरमा सवारी दुर्घटनाः एक जनाको मृत्यु, १८ घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण