देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री सोविता गौतमको निर्देशन
ललितपुर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले नेपाल सरकारका कानुन अधिकृतहरूलाई देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ काम गर्न निर्देशन दिएकी छन् ।
आज आयोजित दोस्रो कानुन अधिकृत सम्मेलन, २०८३ को समापन समारोहमा उनले कानुन मन्त्रालयमा नियमित गरिने कानुन निर्माणका कार्यले सामान्य नागरिकको जीवनमा ठूलो प्रभाव पार्ने भन्दै जिम्मेवारीलाई सचेततापूर्वक निर्वाह गर्न आग्रह गरिन् ।
मन्त्री गौतमले भनिन्, “कानुन निर्माण सामान्य काम हैन, यो देशलाई विधिको शासनमा ढाल्ने काम हो । इतिहासलाई सम्मानित बनाउने, वर्तमानलाई जिम्मेवार र जवाफदेही बनाउने कामले मात्रै त्यो काम राम्रो हुन जान्छ । यसर्थ देशको विकास र विधिको शासन कायम गर्न कर्मचारीको ठूलो भूमिका हुन्छ । द्विविधा बोकेर सेवा गर्नुहुँदैन ।”
उनले कर्मचारीको पनि राजनीतिक नेतृत्वको जति नै जिम्मेवारी हुने भन्दै देश बनाउने काममा सबैले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । उनले कानुन अधिकृतहरूलाई तथ्य र लगनशील भएर काम गर्न उत्प्रेरित गरिन् ।
“अब कानुन निर्माण गर्ने तौरतरिकालाई परिमार्जन गर्नुपर्छ, तथ्याङ्कलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्छ । तथ्याङ्क केन्द्रित हुँदा कानुनी आवश्यकताको वैज्ञानिक आधार तयार हुन्छ”, उनले भनिन्, “प्रविधिको सहयोगमा कानुन निर्माण प्रक्रियालाई सरल, छिटो र प्रभावकारी बनाउन सकिन्छ । त्यसैले कृत्रिम बुद्धिमत्ता र मानव क्षमतालाई संयोजन गरेर काम गरौँ ।”
मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले नेपाल कानुनी राज्य भएकाले कानुनका विषय र संयन्त्रलाई बलियो र क्रियाशील बनाउनुपर्नेमा जोड दिए । उनले कार्यशालाबाट आएको सुझावहरूले सुधारका लागि सहयोग पुर्याउने जानकारी दिँदै माथिल्लो तहबाट सुधारका कार्यहरू सुरु भएको उल्लेख गरे ।
सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव निर्मला अधिकारी भट्टराईले पूर्वसचिवहरूसँग भएको ज्ञान, सीप र विज्ञतालाई बुझेर कार्यक्षमता अभिवृद्धि गर्ने अवसर प्राप्त भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१९ वर्षीया मिरा एन्ड्रीभालाई पहिलो ग्रान्ड स्लाम उपाधि, पोल्यान्डकी च्वालिन्स्काको सपना अधुरै
-
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
-
बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन
-
नेटोले स्वीडेन र फिनल्याण्डमा सुरक्षा सतर्कता बढायो
-
विश्वकपमा भाग लिन इरानी टोली मेक्सिको प्रस्थान
-
कुवेत र बहराइनद्वारा इरानी आक्रमणको निन्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण