आईआईटी मद्रासका विद्यार्थी पवन बने माइक्रोसफ्ट विन्डोजको प्रमुख
बुधबार, १४ चैत २०८०, १७ : १२
काठमाडौँ । आईआईटी मद्रासका पूर्वछात्र पवन दावुलुरीलाई माइक्रोसफ्ट विन्डोज र सर्फेसको नयाँ प्रमुखको रूपमा नियुक्त गरिएको छ। सुन्दर पिचाई र माइक्रोसफ्टका सत्य नडेला पछि उनी ठूलो टेक कम्पनीमा नेतृत्वको भूमिका सम्हाल्ने तेस्रो भारतीय बनेका हुन्।
दावुलुरीले माइक्रोसफ्टमा २३ वर्षभन्दा बढी समय काम गरिसकेका छन् । क्वालकम र एएमडीसँग पनि सर्फेसका लागि प्रोसेसरहरू बनाउने काम गरेका छन्। –बीबीसी