समसामयिक १४ बुँदे प्रस्ताव पारित गर्दै एमाले बागमती बैठक सम्पन्न
काठमाडौँ । नेकपा एमाले बाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठक विभिन्न १४ बुँदे समसामयिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलको अध्यक्षतामा बसेको बैठक १४ बुँदे प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।
जनतामा छाएको निराशालाई चिर्दै भरोसा जगाउने वर्तमान संयुक्त सरकारले लिएको सङ्कल्पलाई साकार पार्न बैठकले जोडदार माग गरेको छ । संस्थागत भ्रष्टाचार, बेथिति अन्त्य गरी सुशासन कायम गर्न पनि एमाले बागमतीले सरकारसँग माग गरेको छ ।
त्यस्तै युवा पलायन रोक्न, मकै धानलगायत तरकारी खेती गर्ने किसानहरूका लागि रासायनिक मल तत्काल किसानको पहुँचमा पुर्याउन, कृषि अनुदान, उत्पादनको उचित मूल्य, संरक्षण, सङ्कलन र भण्डारणको विशेष व्यवस्था गर्न पनि एमालेले सरकारसँग माग गरेको छ ।
प्रदेश कमिटी बैठकको उद्घाटन मंगलबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण