‘डमरू’ जस्तो सङ्घीयताले राजनीतिक अस्थिरता बढायो : राजेन्द्र श्रेष्ठ
काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा)का नेता राजेन्द्र श्रेष्ठले नेपालको जस्तो कमजोर सङ्घीय व्यवस्था संसारमै नभएको बताएका छन् । नेपालको सङ्घीय व्यवस्था ‘डमरू’ जस्तो भएको भन्दै उनले प्रदेशको अधिकार खुम्चिएको तर्क गरे ।
‘नेपालमा जस्तो कमजोर व्यवस्था संसारमा कतै छैन । प्रदेशलाई राजकीय र शासन अधिकार दिएपछि संविधानले निर्दिष्ट गरिसकेपछि क्षेत्राधिकार प्रदेशले नै गर्नुपर्छ’, नेपालको सङ्घीय व्यवस्थालाई ‘डमरू’सँग तुलना गर्दै बिहीबार उनले रातोपाटीसँग भने, ‘यहाँको सङ्घीय व्यवस्था ‘डमरू’ जस्तो भयो । ‘डमरू’ भन्नाले केन्द्रमा पनि अधिकार दिएको छ । स्थानीय तहलाई पनि अधिकार दिएको छ । बिचमा खुम्चिएको छ ।’
पूर्वमन्त्री समेत रहेका श्रेष्ठले सङ्घीय शासन व्यवस्थामा लोकतान्त्रिक अकेन्द्रिकरणको नीति हुनुपर्नेमा जोड दिए ।
‘सबै कुरा केन्द्रले हेर्ने होइन । यसको अर्थ विकेन्द्रीकरण होइन । सङ्घीय शासन व्यवस्थाको मेजर विशेषता भनेको अकेन्द्रिकरण हो । प्रदेशको निर्णय प्रदेश सरकार वा राजनीतिक समितिले गर्नुपर्छ । सबै केन्द्रले हस्तक्षेप गर्ने हो भने सारै अस्थिरता सिर्जना हुन्छ । यसले केन्द्रमा मात्र नभई प्रदेशमा पनि अस्थिरता भयो । अब प्रदेश प्रदेशमा के गर्ने भन्ने विषयमा सबै दलहरूको प्रादेशित पार्टीहरू छन् । यी सबै पार्टीहरू बसेर को कोसँग समीकरण बनाउने त्यसको अधिकार उसैलाई दिनुपर्छ’, पछिल्लो राजनीतिक अस्थिरताप्रति उनले विश्लेषण गरे ।
केन्द्रले नीतिगत मार्गदर्शन गर्न सक्ने त्यो नीतिगत मार्गदर्शनभित्र रहेर कसलाई मन्त्री बनाउने वा नबनाउने भन्नेबारे प्रदेश पार्टीले नै निर्णय गर्नुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेश जारी गर्ने सरकारको निर्णयको कांग्रेसद्वारा निन्दा
-
पुटिनले नाभाल्नीलाई जेलमा मृत्युदण्ड दिन आदेश ‘नदिएको हुन सक्ने’ अमेरिकी गुप्तचर निकायको रिपोर्ट
-
विश्व अर्थतन्त्र र गाजाबारे साउदी अरबमा शिखर सम्मेलन हुने
-
प्रसारण लाइन बिस्तारमा स्थानीयको अवरोध
-
वनमा डढेलो लगाउनेलाई कडा कारबाही गर्ने कानुन आवश्यक : मुख्यमन्त्री अधिकारी
-
मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति