राजीनामा दिँदैछन् गण्डकीका मुख्यमन्त्री पाण्डे ?
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनेबारे छलफल अगाडि बढाएका छन् । उनले राजीनामा दिएर उपधारा (३) अनुसार ठुलो दलको नेताको हैसियतमा पुनः मुख्यमन्त्री बन्नेबारे छलफल अगाडि बढाएका हुन् ।
राजीनामा दिएर पुनः मुख्यमन्त्री बन्ने सम्भावनाबारे पाण्डेले निकटस्थहरूसँग छलफल गरिरहेको नेताहरूले बताएका छन् ।
फागुन २१ गते केन्द्रमा सत्ता गठबन्धन फेरिएपछि त्यसको असर गण्डकीमा पनि परेको छ । फागुन २२ मा मुख्यमन्त्री पाण्डेले नेकपा माओवादी केन्द्र तर्फका मन्त्रीहरूलाई बर्खास्त गरेका थिए ।
लगत्तै माओवादीले चैत २३ मा उनलाई दिएको समर्थन फिर्ता लिएको थियो। मुख्यमन्त्री पाण्डेले चैत २२ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर उनी संसद् फेस नगरी राजीनामा दिएर मार्ग प्रशस्त गर्ने योजनामा रहेको स्रोतले बताएको छ ।
राप्रपाले चैत २७ गतेको आन्दोलनअघि कसैलाई पनि समर्थन नगर्ने बताएपछि मुख्यमन्त्री पाण्डे राजीनामा दिएर उपधारा (३) अनुसार मुख्यमन्त्री बन्ने दाउमा छन् ।
‘प्रदेश प्रमुखले आह्वान गर्न चाहिने समय बाँकी नै राखेर राजीनामा दिँदा २७ गते अघि समय सकिन्छ । त्यसपछि उपधारा (३) को सरकार बनाउनै पर्ने हुन्छ,’ स्रोतले भन्यो, ‘त्यही बुझेर राजीनामा दिन लागेको हुन सक्छ ।’ नयाँ गठबन्धनलाई पनि बहुमत जुटाउन हम्मे परेको छ । राप्रपा विना दुवैपक्षले बहुमत जुटाउन सक्दैनन् ।
गण्डकीमा २७ सिटसहित कांग्रेस पहिलो दल हो भने २२ सिटसहित एमाले दोस्रो, ८ सिटसहित माओवादी तेस्रो तथा २ सिट रहेको राप्रपा चौथो दल हो । हाल स्वतन्त्र बन्न निवेदन दिएको दीपक मनाङे पनि सांसद छन् । यहाँ माओवादीका कृष्ण धिताल सभामुख छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
५३ वर्षपछि ‘न्युयोर्क निक्स’ले उचाल्यो ‘एनबीए’ उपाधि
-
जनभावना विपरीतकाे अभिव्यक्तिले पार्टीको रक्षा हुँदैन : पोखरेल
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण