बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतको रक्षा निर्यात २१० अर्ब भारुमाथि

बुधबार, २१ चैत २०८०, १० : ५५
बुधबार, २१ चैत २०८०

नयाँ दिल्ली । भारतको रक्षा उपकरण निर्यातले नयाँ कीर्तिमानी स्तर छोएको छ । आर्थिक वर्ष २०२३–०२४ मा त्यहाँको रक्षा निर्यात ३२ दशमलव ५ प्रतिशतले बढेर २१० अर्ब भारुमाथि उक्लिएको छ । आर्थिक वर्ष २०१३/२०१४ को तुलनामा गएको १० वर्षमा रक्षा निर्यात ३१ गुणा बढेको रक्षामन्त्री राजनाथ सिंहले एक्समा एउटा पोष्टमा लेखेका छन् ।

मन्त्रालयका अनुसार गएको आवमा भारतले २१० अर्ब ८३ करोड भारु बराबरको रक्षा उपकरण निर्यात गरेको छ । निर्यातको यो आकार अघिल्लो आवमा १५९ अर्ब २० करोड भारु थियो । एकै वर्षमा यो अहिलेसम्मकै सबैभन्दा धेरै वृद्धि भएको बताइएको छ । 
कूल निर्यातमा ६० प्रतिशत निजी क्षेत्र र ४० प्रतिशत सार्वजनिक क्षेत्रबाट भएको छ । गत आवमा भारतका करिब ५० कम्पनीहरुले ८४ देशलाई आफ्नो रक्षा उत्पादन बेचेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप