भारतको रक्षा निर्यात २१० अर्ब भारुमाथि
बुधबार, २१ चैत २०८०, १० : ५५
नयाँ दिल्ली । भारतको रक्षा उपकरण निर्यातले नयाँ कीर्तिमानी स्तर छोएको छ । आर्थिक वर्ष २०२३–०२४ मा त्यहाँको रक्षा निर्यात ३२ दशमलव ५ प्रतिशतले बढेर २१० अर्ब भारुमाथि उक्लिएको छ । आर्थिक वर्ष २०१३/२०१४ को तुलनामा गएको १० वर्षमा रक्षा निर्यात ३१ गुणा बढेको रक्षामन्त्री राजनाथ सिंहले एक्समा एउटा पोष्टमा लेखेका छन् ।
मन्त्रालयका अनुसार गएको आवमा भारतले २१० अर्ब ८३ करोड भारु बराबरको रक्षा उपकरण निर्यात गरेको छ । निर्यातको यो आकार अघिल्लो आवमा १५९ अर्ब २० करोड भारु थियो । एकै वर्षमा यो अहिलेसम्मकै सबैभन्दा धेरै वृद्धि भएको बताइएको छ ।
कूल निर्यातमा ६० प्रतिशत निजी क्षेत्र र ४० प्रतिशत सार्वजनिक क्षेत्रबाट भएको छ । गत आवमा भारतका करिब ५० कम्पनीहरुले ८४ देशलाई आफ्नो रक्षा उत्पादन बेचेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण