लुम्बिनी प्रदेशका विश्वास मत लिनु भन्दा अगाडि चौधरी मुख्यमन्त्री आन्तरिक छलफलमा
बिहीबार, २२ चैत २०८०, १३ : ०१

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत लिनु भन्दा अगाडि काँग्रेस संसादहरुसँग आन्तरिक छलफल गर्ने भएका छन् । विश्वासको मतका लागि आज दिउँसो ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
केन्द्रीय समीकरण अनुसार विश्वासको मत पाउने टुङ्गो नभएपछि मुख्यमन्त्री चौधरीले प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने विषयमा आन्तरिक परामर्शमा गर्न थालेका हुन् ।
अहिले एक बजे कांग्रेस संसदीय दलको कार्यालय देउखुरीमा बैठक बस्दैछ । बैठकमा चौधरीले अहिलेसम्मको अवस्थाका बारेमा ब्रिफिङ गर्दै प्रदेश सभा सदस्यसँग सुझाव लिनेछन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमसेनाले बैठक बोलाएको त्यहीबाट मुख्यमन्त्री कसरी जाने भन्ने टुङ्गोमा पुग्ने रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख घिमिरे र तीन दलका प्रमुख सचेतकबिच छलफल सुरु
-
मस्तिष्क ट्युमरबाट बच्ने ६ उपाय
-
सुनकोसीमा डुबेर एकजनाको मृत्यु
-
सभामुख घिमिरले तीन दलका प्रमुख सचेतकहरुसँग छलफल गर्ने
-
त्रिविले फास्ट ट्र्याकबाट कसरी नियुक्त गर्दैछ १३० जना प्रोफेसर ?
-
सुदूरपश्चिम प्रदेशमा सांसदहरूका लागि २ अर्ब २३ करोड विनियोजनको तयारी