लुम्बिनी प्रदेशका विश्वास मत लिनु भन्दा अगाडि चौधरी मुख्यमन्त्री आन्तरिक छलफलमा
बिहीबार, २२ चैत २०८०, १३ : ०१
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विश्वासको मत लिनु भन्दा अगाडि काँग्रेस संसादहरुसँग आन्तरिक छलफल गर्ने भएका छन् । विश्वासको मतका लागि आज दिउँसो ४ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
केन्द्रीय समीकरण अनुसार विश्वासको मत पाउने टुङ्गो नभएपछि मुख्यमन्त्री चौधरीले प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन गरेर राजीनामा घोषणा गर्ने विषयमा आन्तरिक परामर्शमा गर्न थालेका हुन् ।
अहिले एक बजे कांग्रेस संसदीय दलको कार्यालय देउखुरीमा बैठक बस्दैछ । बैठकमा चौधरीले अहिलेसम्मको अवस्थाका बारेमा ब्रिफिङ गर्दै प्रदेश सभा सदस्यसँग सुझाव लिनेछन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक जन्मजय तिमसेनाले बैठक बोलाएको त्यहीबाट मुख्यमन्त्री कसरी जाने भन्ने टुङ्गोमा पुग्ने रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मल खरिदमा चलखेल, चक्रपथ दोस्रो खण्ड विस्तारका लागि सुरु भएन टेन्डर प्रक्रिया
-
थारु जातिको भलमन्सा–बडघर परम्परालाई कानुनी मान्यता
-
स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य
-
शक्तिखोर–फिस्लिङ सडक पुनः सञ्चालन
-
विभिन्न प्रदेशमा मेघगर्जनसहित वर्षा, सतर्कता अपनाउन मौसम विभागको आग्रह
-
पनौतीमा आजदेखि हिले–जात्रा (ज्याःपुन्ही)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण