मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘दूतावासले ध्यान दिए यूएईको जेलमा रहेका नेपालीहरुको उद्धार गर्न सकिन्छ’

शुक्रबार, २३ चैत २०८०, १६ : ५३
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । यूएईमा विभिन्न कारणले जेल परेर अवधि सकिसक्दा पनि कतिपय नेपाली जेलमै बसिरहन बाध्य छन् । दूतावासले यसबारे ध्यान दिने हो भने उनीहरुको सहजै उद्धार गर्न सकिने सरोकारवालाहरूको भनाइ छ । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) यूएईका उपाध्यक्ष भीम मल्ल ठकुरीले यस्ता समस्यामा दूतावासले ध्यान दिने हो भने यूएईमा जेलमा रहेकाहरूलाई सजिलै निकालेर स्वदेश फिर्ता पठाउन सकिने बताए ।  भाषा समस्या लगायतका कारणले उनीहरु निर्दोष हुँदाहुँदै पनि जेल बस्नु परेको भन्दै यसबारे सरोकारवाला निकायले पहलकदमी लिनुपर्ने उनको भनाइ छ ।

उनले सबैभन्दा पहिले नेपालीहरुले युएईको कानुन बलियो रहेकाले त्यसको पालना गर्नुपर्नेमा जोड दिए । उनले भिजिट भिसामा यूएई आउनेहरूलाई पनि घुमेर समयमै फर्किन सुझाव दिँदै उनले कोही फर्किँदैन भने पनि भिसा चेन्ज गरेर प्रक्रियाअनुसार बस्नुपर्ने बताए । 

यूएईमा समस्यामा परेकाहरूलाई आफूहरूले निरन्तर सहयोग गरिरहेको पनि उनले बताए । ‘कोही समस्यामा छ भने एनआरएनए यूएईले सकेको सहयोग गर्छ’, उनले भने, ‘तर ठगीलगायतका अन्य कानुनी विषयमा व्यक्ति आफै धेरै सचेत हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप