जनअपेक्षाअनुसार सेवा दिन सकिएको छैन : स्वास्थ्यमन्त्री यादव
चितवन । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा जनताको अपेक्षाअनुसार सेवा दिन नसकिएको बताएका छन् ।
भरतपुर अस्पतालको आइतबार निरीक्षण अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अहिले प्रवाह भएका सेवा कम भएको बताएका हुन् । उनले भने, “जनताले अपेक्षा गरेको आवश्यकताअनुसार सबै पूरा गर्न नसकिरहेको अवस्था छ ।”
स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन, भौतिक संरचना निर्माण र उपकरण व्यवस्थापन मुख्य जिम्मेवारी रहेको उनले बताए । जनताको आवश्यकता धेरै भएको भन्दै उनले ती आवश्यकता पूरा गर्न सरकारले प्रयास गरिरहेको बताए ।
भरतपुर अस्पतालको ६८औँ वार्षिकोत्सवमा सहभागी हुन चितवन आएका मन्त्री यादवले अस्पतालका विभिन्न विभागको निरीक्षण अनुगमनसमेत गरेका थिए । अनुगमनका क्रममा अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल, प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले अस्पतालबारे जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण