सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

बन्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइने

मङ्गलबार, २७ चैत २०८०, १५ : ०८
मङ्गलबार, २७ चैत २०८०

पोखरा । पर्यटकीय राजधानी पोखरामा नेपालको पायोनियर एड्भेञ्चर कम्पनी हाइग्राउण्ड एड्भेञ्चर्स नेपालले सावर बन्जी सुरु गर्ने भएको छ । जसअनुसार बन्जी गर्दा पानीको फोहोराको मज्जा लिन पाइनेछ । 

कम्पनीले हेम्जामा सन्चालन गरिरहेको बम्जीमा करिब ५० लाख रुपैयाँ थप लगानी गरी आफ्ना पाहुनाहरूलाई फरक स्वाद पस्कने योजनाले सावर बन्जीको अवधारणा ल्याइएको हाइग्राउण्ड एड्भेञ्चर्स नेपाल प्रालिका प्रवन्ध निर्देशक दिनेश महर्जनले बताए ।

पर्यटन व्यवसायी, पत्रकार र नेपाल पर्यटन बोर्डलगायत सरकारी संस्थाका प्रतिनिधिको उपस्थितिमा सावर बन्जीको बुधवार उद्घाटन गरिने महर्जनले जानकारी दिए ।

‘विश्वकै दोस्रो र नेपालकै पहिलो सावर बन्जी सुरु गराउन पाउँदा हामी एकदमै एक्साइटेड छौं’, महर्जनले भने, ‘जम्मा ६ हजार ५ सयमा फोटो, भिडियो र टिसर्टसहित बन्जी बुक गर्न सकिनेछ । जसमा सर्टिफिकेट र लेकसाइडदेखि हेम्जासम्मको दुईतर्फी यातायातको सुविधा समेत समावेश छ ।’ 

‘सावर बन्जी विश्वमै अनौठो प्रोडक्ट हो’ ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष धर्मराज पन्थीले भने, ‘यसले पर्यटकीय राजधानीको क्रेज अझ बढाउनेमा दुई मत छैन ।’

हाइग्राउण्डले युरोपेली एड्भेञ्चर कम्पनी ‘बन्जी लाट्भिया’सँगको सहकार्यमा सन् २०१४ नोभेम्बर १७ मा बन्जी जम्प सुरु गरेको थियो । 

‘बन्जीको एड्भेञ्चर आफैँमा उत्कृष्ट अनुभव हो । त्यसैमाथि सावर बन्जीले अझै एड्भेञ्चर अनुभव गराउने भएकाले पोखरामा आन्तरिक र बाह्य पर्यटकबीच थप आकर्षण भई पोखराको पर्यटन प्रवर्द्धनमा थप मद्दत हुने विश्वास लिएको छु’ नेपाल पर्यटन बोर्डको पोखरा क्षेत्रीय कार्यालयका प्रमुख सागर श्रेष्ठले भने ।

क्यान्टिलिभर ब्रिजको मोडलमा बनाइएको यो नेपालकै पहिलो टावर बन्जी पनि भएको बताइएको छ ।  कम्पनीमा शरद गोल्छा, भरत गोल्छा, अभिनव चुरिवाल र दिनेस महर्जनको लगानी छ ।

कम्पनीले सन् २०१२ जुन २ मा नेपालमै पहिलो पटक जिपलाइन समेत भित्र्याएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप