आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जनकदीपले थाले पान इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन

सोमबार, २४ वैशाख २०८१, ०९ : ४२
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । निर्देशक जनकदीप पराजुलीले पान इन्डिया फिल्म ‘सत्य मगला’को निर्देशन थालेका छन् । यतिबेला पोखराको आसपासका क्षेत्रमा छायाङ्कन भइरहेको यो फिल्म  उनले दक्षिण भारतीय फिल्म निर्देशकहरू आर्यन प्रताप, स्टेफन एम.जोसेफसंँगको सहकार्यमा निर्देशक थालेका हुन् । 

निर्माण युनिटले फिल्मको नेपाल सेड्युअलको निर्देशनको  जिम्मा जनकदीपलाई दिएको हो ।  बलिउडका लाइन प्रोड्युसर राजेन्द्र घिमिरेको अभिनयसमेत रहेको यो फिल्मको छायाङ्कन नेपालमा ल्याउन उनको नै हात रहेको छ । 

नेपालको अलावा थाइल्यान्ड, श्रीलङ्का तथा भारतमा छायाङ्कन हुने यो फिल्ममा साउथका स्टार प्रभुदेवा, शाही तन्शिखा, शंकर, आर्यन लगायतको अभिनय रहनेछ । फिल्मको थाइल्यान्ड, श्रीलङ्का तथा भारतको सुटिङमा समेत आफु सहभागी हुने निर्देशक पराजुलीले बताए ।

फिल्ममा पराजुलीलाई को–डाइरेक्टर रूपमा सहभागी गराइएको छ । दक्षिण भारतकै प्राविधिक टिम रहेको यो फिल्म आउँदो डिसेम्बरसम्ममा प्रदर्शनमा आउने छ । भारतमा छायाङ्कनका लागि भने ठुलो गाउँको नै सेट निर्माण भइरहेको छ ।

फिल्म ‘प्रोडुसर’ निर्देशकपछि कुनैपनि नेपाली निर्माताले पत्याउन नसकेका पराजुलीले विदेशी फिल्म र विज्ञापन चलचित्र भने निर्देशन गरिरहेका छन् । यो विदेशी फिल्म मेकरहरुसँग उनको पहिलो सहकार्य भने होइन । जनकदीप बेला–बेलामा नेपाल मै बसेर विदेशी फिल्म मेकरहरुसँग सहकार्य गरिरहेका हुन्छन् । 

पराजुली अहिले चलचित्र निर्देशक समाजका अध्यक्ष पनि हुन् । उनले केही अगाडि फिल्म ‘पापी मान्छे ३’ निर्देशन घोषणा समेत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप