‘टाइटानिक’ अभिनेता बर्नार्डको निधन
काठमाडौँ । हलिउड चर्चित फिल्म ‘टाइटानिक’ र ‘लर्ड अफ द रिङ्ग्स’ जस्ता ब्लकबस्टर र अवार्ड विजेता फिल्मका अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन भएको छ । अभिनेत्री तथा बर्नार्डकी को–स्टार बारबरा डिक्सनले उनको निधनको पुष्टि गरेकी छन् ।
बारबराले ट्वीटरमा निधनको जानकारी दिँदै भावुक पोस्ट लेखेकी छन् । ‘म अत्यन्त दुःखका साथ भनिरहेकी छु कि बर्नार्ड हिलको निधन भएको छ । हामीले सन् १९७४ मा रिलिज विली रसेलको शो ‘जोन पल जर्ज रिङो एण्ड बर्ट’मा सँगै काम गरेका थियौँ । उनी कमालका अभिनेता थिए ।
उनलाई भेट्न र उनीसँग काम गर्न पाउनु सम्मानको कुरा थियो । भगवान्ले तिम्रो आत्मालाई शान्ति देउन्’, उनले लेखेकी छन् । बर्नार्डको निधन के कारणले भएको भन्ने पुष्टि हुन सकेको छैन ।
बर्नार्डले फिल्म ‘टाइटानिक’मा क्याप्टेन एडवर्ड जे स्मिथको भूमिका निभाएका थिए । उनले फिल्मका अलावा टेलिभिजन सिरियल र थिएटरमा धेरै काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण