आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘टाइटानिक’ अभिनेता बर्नार्डको निधन

सोमबार, २४ वैशाख २०८१, ०९ : ३९
सोमबार, २४ वैशाख २०८१

काठमाडौँ । हलिउड चर्चित फिल्म ‘टाइटानिक’ र ‘लर्ड अफ द रिङ्ग्स’ जस्ता ब्लकबस्टर र अवार्ड विजेता फिल्मका अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन भएको छ । अभिनेत्री तथा बर्नार्डकी को–स्टार बारबरा डिक्सनले उनको निधनको पुष्टि गरेकी छन् ।

बारबराले ट्वीटरमा निधनको जानकारी दिँदै भावुक पोस्ट लेखेकी छन् । ‘म अत्यन्त दुःखका साथ भनिरहेकी छु कि बर्नार्ड हिलको निधन भएको छ । हामीले सन् १९७४ मा रिलिज विली रसेलको शो ‘जोन पल जर्ज रिङो एण्ड बर्ट’मा सँगै काम गरेका थियौँ । उनी कमालका अभिनेता थिए । 

उनलाई भेट्न र उनीसँग काम गर्न पाउनु सम्मानको कुरा थियो । भगवान्ले तिम्रो आत्मालाई शान्ति देउन्’, उनले लेखेकी छन् । बर्नार्डको निधन के कारणले भएको भन्ने पुष्टि हुन सकेको छैन ।

बर्नार्डले फिल्म ‘टाइटानिक’मा क्याप्टेन एडवर्ड जे स्मिथको भूमिका निभाएका थिए । उनले फिल्मका अलावा टेलिभिजन सिरियल र थिएटरमा धेरै काम गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप