सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

हर्बल उत्पादक संघको अध्यक्षमा राई निर्विरोध निर्वाचित

मङ्गलबार, २७ चैत २०८०, १५ : ३५
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । नेपाल हर्ब्स तथा हर्बल उत्पादक संघ (नेहपा) को अध्यक्षमा सरस्वती राई निर्वाचित भएकी छन् । 

काठमाडौँमा सम्पन्न संघको १८ औँ वार्षिक साधारण सभाले उनलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको हो । त्यसैगरी महासचिवमा प्रवीणकुमार बास्तोला चयन  भएका छन् । 

अध्यक्ष राई नेपाली कागजका विभिन्न सामग्री र जडीबुटीका सुगन्धित तेललगायतका सामग्री निर्यात गर्दै आएको हिमालयन बायो ट्रेड प्रा.लि.का प्रबन्ध निर्देशक हुन् । संघको नयाँ कार्य समितिमा हिमालय हर्ब्सकी लैकु लामा वरिष्ठ उपाध्यक्ष, अन्नपूर्ण एरोमा कम्पनी प्रालिका प्रसुन सत्याल प्रथम उपाध्यक्ष, कन्हैया स्टोर्सका नवराज शर्मा द्वितीय उपाध्यक्ष, जयकाली जुडिबुटीका शोभाकान्त बस्याल सचिव र खाम्पा ट्रेड एन्ड सप्लायर्सका सकलसिंह रोकाया कोषाध्यक्ष चयन भएका छन् । त्यसैगरी मिनाकुमारी लामा, डा. डिबी सुनार, सञ्जीव पाण्डे, वसन्त पण्डित, राधा दाहाल, गङ्गा वाग्ले दाहाल, बिन्ती गुरुङ, निखिल खण्डेलवाला, फर्सुराम आचार्य सदस्यमा चयन भएका थिए । 

यस अघि संघको वार्षिक साधारणसभाको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र पूर्वसञ्चारमन्त्री पार्वत गुरुङले उद्योगमैत्री कानुन निर्माण गरी लगानीको वातावरण बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप