नेप्से परिसूचक घट्दा पनि बोटलर्स नेपाल तराईका लगानीकर्ता मालामाल
काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १५.६२ अङ्कको गिरावट आएको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से अन्तिम समयसम्म ०.७९ प्रतिशतको गिरावटसँगै बन्द भएको हो । यससँगै परिसूचक १९५८ अङ्कमा रोकिएको छ ।
यस क्रममा आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको मूल्य घटेको छ । यस्तै ६ कम्पनीको मूल्य स्थिर कायम छ । यस्तै २ अर्ब ८९ करोड १३ लाख रुपैयाँ बराबरको ६९ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको छ । आज बोटलर्स नेपाल तराईको सेयर मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता १४ हजारभन्दा माथि पुगेको छ । यो प्रतिकित्ता १ हजार १६४ रुपैयाँको वृद्धि हो ।
यस्तै आज पोखरा फाइनान्स र दोल्ती पावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । परिसूचक घटेको दिन आज विकास बैंक समूहको सूचक ९.३३ अङ्कले बढ्नुबाहेक सबै समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचकमा ११२ अङ्कको गिरावट आएको छ । यसपछि जीवन बीमा समूहको सूचक ४६ अङ्कले र वित्त समूहको सूचक ४२ अङ्कले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टुट्न लागेको हो बेन एफ्लेक र जेनिफर लोपेजको जोडी ?
-
नर्स विधि लम्साल ‘मिस नेपाल पिस–२०२४’ घोषित
-
फेरि बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?
-
बालविकास शिक्षा सुधारको माग गर्दै अनसनमा बसेका चापागाईंलाई भेट्न पुगिन् शिक्षामन्त्री
-
ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहजरुपमा कर्जा पाइने
-
रवि लामिछानेलाई संसद्मा बोल्न दिने विपक्षी दलको निर्णय