नेप्से परिसूचक घट्दा पनि बोटलर्स नेपाल तराईका लगानीकर्ता मालामाल
काठमाडौँ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा १५.६२ अङ्कको गिरावट आएको छ । कारोबार समयदेखि नै घट्न थालेको नेप्से अन्तिम समयसम्म ०.७९ प्रतिशतको गिरावटसँगै बन्द भएको हो । यससँगै परिसूचक १९५८ अङ्कमा रोकिएको छ ।
यस क्रममा आज ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको मूल्य घटेको छ । यस्तै ६ कम्पनीको मूल्य स्थिर कायम छ । यस्तै २ अर्ब ८९ करोड १३ लाख रुपैयाँ बराबरको ६९ लाख ७८ हजार कित्ता सेयर किनबेच भएको छ । आज बोटलर्स नेपाल तराईको सेयर मूल्य ९ प्रतिशतले बढेर प्रतिकित्ता १४ हजारभन्दा माथि पुगेको छ । यो प्रतिकित्ता १ हजार १६४ रुपैयाँको वृद्धि हो ।
यस्तै आज पोखरा फाइनान्स र दोल्ती पावर कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ । परिसूचक घटेको दिन आज विकास बैंक समूहको सूचक ९.३३ अङ्कले बढ्नुबाहेक सबै समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको सूचकमा ११२ अङ्कको गिरावट आएको छ । यसपछि जीवन बीमा समूहको सूचक ४६ अङ्कले र वित्त समूहको सूचक ४२ अङ्कले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण