आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

११ अर्ब डलर खर्चेर ९ वर्षमा बनाइयो पुल, रेल र गाडी चल्दैनन्

सोमबार, २४ वैशाख २०८१, १५ : ३८
सोमबार, २४ वैशाख २०८१

क्यालिफोनिर्या । सामाजिक सञ्जालहरूमा खोलै नभएको ठाउँमा बनाइएको पुलका तस्बिर हामीले अक्कल झुक्कल देखेका छौँ । अमेरिकामा बनेको एउटा पुल यतिबेला चर्चाको विषय बनेको छ । 

रेल चलाउन भनेर बनाइएको यस पुलको उद्घाटन समेत भइसकेको छ । ११ अर्ब अमेरिकी डलर खर्चेर ९ वर्षमा आधा किमीको यो हाई स्पिड रेल पुल बनाइएको थियो । तर अचम्मको कुरा यो पुल कतै जाँदैन । पुल न अगाडिबाट रेलवेको लिकसँग जोडिएको छ न त पछाडिबाट । 

क्यालिफोर्नियाको राज्य सरकारले यस उच्च गतिको रेल पुलको निर्माण पूरा भएकोमा उत्सव मनाइरहेको छ । तर पुललाई लिएर यति बेला त्यहाँको सरकारको आलोचना पनि भइरहेको छ ।

ट्विटर र टेस्ला मालिक एलन मस्क र डगकवाइन निर्माता बिली मार्कस समेत कयौँ दिग्गज व्यक्तित्वहरूले यो क्यालिफोर्निया हाई–स्पिड रेल अथोरिटीको उपहास गरिरहेका छन् । क्यालिफोर्निया हाई–स्पिड रेल अथोरिटीले गएको वर्ष गर्वका साथ ‘फ्रेस्नो रिभर वायाडक्ट’ पूरा भएको घोषणा गरेको थियो । 

यो लामो समयदेखि ढिलाइ भइरहेको सो राज्यको बुलेट ट्रेन परियोजनाको सानो खण्ड थियो । यस परियोजनामा सान फ्रान्सिस्कोलाई लस एन्जलससँग जोड्न खोजिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप