११ अर्ब डलर खर्चेर ९ वर्षमा बनाइयो पुल, रेल र गाडी चल्दैनन्
क्यालिफोनिर्या । सामाजिक सञ्जालहरूमा खोलै नभएको ठाउँमा बनाइएको पुलका तस्बिर हामीले अक्कल झुक्कल देखेका छौँ । अमेरिकामा बनेको एउटा पुल यतिबेला चर्चाको विषय बनेको छ ।
रेल चलाउन भनेर बनाइएको यस पुलको उद्घाटन समेत भइसकेको छ । ११ अर्ब अमेरिकी डलर खर्चेर ९ वर्षमा आधा किमीको यो हाई स्पिड रेल पुल बनाइएको थियो । तर अचम्मको कुरा यो पुल कतै जाँदैन । पुल न अगाडिबाट रेलवेको लिकसँग जोडिएको छ न त पछाडिबाट ।
क्यालिफोर्नियाको राज्य सरकारले यस उच्च गतिको रेल पुलको निर्माण पूरा भएकोमा उत्सव मनाइरहेको छ । तर पुललाई लिएर यति बेला त्यहाँको सरकारको आलोचना पनि भइरहेको छ ।
ट्विटर र टेस्ला मालिक एलन मस्क र डगकवाइन निर्माता बिली मार्कस समेत कयौँ दिग्गज व्यक्तित्वहरूले यो क्यालिफोर्निया हाई–स्पिड रेल अथोरिटीको उपहास गरिरहेका छन् । क्यालिफोर्निया हाई–स्पिड रेल अथोरिटीले गएको वर्ष गर्वका साथ ‘फ्रेस्नो रिभर वायाडक्ट’ पूरा भएको घोषणा गरेको थियो ।
यो लामो समयदेखि ढिलाइ भइरहेको सो राज्यको बुलेट ट्रेन परियोजनाको सानो खण्ड थियो । यस परियोजनामा सान फ्रान्सिस्कोलाई लस एन्जलससँग जोड्न खोजिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार कुन-कुन राशिलाई मिल्ला लाभ ? हेर्नुहोस् राशिफल
-
नगरपालिका भवन पुनर्निर्माण नहुँदा काममा बाधा
-
‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
-
खल्ला मसेटीमा स्वास्थ्य शिविर सम्पन्न
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण