स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न अनुसन्धानको महत्त्वपूर्ण भूमिका हुन्छ: उपप्रधनमन्त्री यादव
काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्न अनुसन्धानको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।
बुधवार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले स्वास्थ्य अनुसन्धानले महत्त्वपूर्ण तथ्य प्रमाणका आधारमा विश्वव्यापी स्वास्थ्य चुनौतीहरूको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्न हाम्रा प्रयासहरूलाई मार्गदर्शन हुने बताए । उनले स्वास्थ्य अनुसन्धानले हामीलाई उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्याहरू पहिचान गरी समयमै सम्भावित विकल्पहरू आङ्कलन गर्न सक्षम बनाउने बताए । उनले अनुसन्धानले दिगो विकास लक्ष्यको मूल सिद्धान्तअनुरूप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानताहरूलाई सम्बोधन गर्दै समताको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने पनि बताए ।
उनले भने, ‘स्वास्थ्य क्षेत्रमा तथ्यपरक नीति निर्माण गर्न र दिगो विकासका लक्ष्यहरू हासिल गर्न अनुसन्धानको महत्त्वपूर्ण भूमिका हुन्छ । स्वास्थ्य अनुसन्धानले महत्त्वपूर्ण तथ्य प्रमाणका आधारमा विश्वव्यापी स्वास्थ्य चुनौतीहरूको सामना गर्दै दिगो विकासका लक्ष्य प्राप्ति गर्न हाम्रा प्रयासहरूलाई मार्गदर्शन गर्दछ । स्वास्थ्य अनुसन्धानले हामीलाई उदयमान स्वास्थ्य क्षेत्रका नयाँ प्रविधि र समस्याहरू पहिचान गरी समयमै सम्भावित विकल्पहरू आङ्कलन गर्न सक्षम बनाउँछ । साथै अनुसन्धानले दिगो विकास लक्ष्यको मूल सिद्धान्तअनुरूप स्वास्थ्य क्षेत्रमा विद्यमान असमानताहरूलाई सम्बोधन गर्दै समताको प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ ।’
उनले स्वास्थ्य क्षेत्रको विकास बिना समृद्धि, समाजवाद र विकासको कल्पना गर्न नसकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनमा जलेको भन्दै गण्डकीले खर्च गरेको साढे ४ अर्बको लेखा परीक्षण भएन
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण