बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रथम अवाकस च्याम्पियनसिप नेशनल कम्पिटिशन प्रतियोगिता सम्पन्न

बिहीबार, २९ चैत २०८०, १८ : २४
बिहीबार, २९ चैत २०८०

काठमाडौँ । प्रथम अवाकस च्याम्पियनसिप नेशनल कम्पिटिशन प्रतियोगिता सम्पन्न भएको छ । एलरोज एजुकेसनको आयोजनामा आयोजित नेशनल कम्पिटिशन प्रतियोगिता सम्पन्न भएको हो ।

१५० जना सहभागी प्रतियोगितामा दीप्सन श्रेष्ठ च्याम्पियन अफ दी च्याम्पियन सर्वोत्कृष्ट प्रतियोगी घोषित भएका छन् । त्यस्तै उत्कृष्ट प्रतियोगी (दी च्याम्पियन) शब्दास नेपाल भएका छन् ।

प्रतियोगितामा फस्ट रनर अप (प्रथम) का रूपमा तयामी खालिङ राई, सेकेन्ड रनर अप (दोस्रो) सनया पोदार र थर्ड (तेस्रो) रनर अपमा सरल थपलिया भएका छन् ।

विभिन्न ८ वटा तहगत रूपमा विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

प्रतियोगितामा बोल्दै बूढानिलकण्ठ नगरपालिका प्रमुख मिठ्ठाराम अधिकारीले विद्यार्थीहरूको वैचारिक एवं दृष्टिगत परिवर्तनका लागि अवाकस कोर्सले निकै महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

कार्यक्रममा अवाकस  कोर्सको सम्पूर्ण तहहरू पार गरेका तीन जना विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो । कार्यक्रममा बोल्दै एलरोज एजुकेसनका सञ्चालक अध्यक्ष लिरा पोख्रेलले विद्यार्थीहरूबिचको क्षमता अभिवृद्धि सँगसँगै उनीहरूभित्रको क्षमतालाई अभिवृद्धि गर्न प्रतियोगिता आयोजना गरिएको बताए । हरेक वर्ष यस प्रकारको प्रतियोगिता आयोजना गर्दै अगाडि बढ्ने लक्ष्य रहेको बताए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप