मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

अत्यावश्यक औषधि स्वदेशमा उत्पादनका लागि प्रक्रियाअघि बढाइएको छ : उपप्रधानमन्त्री यादव

शुक्रबार, ३० चैत २०८०, १६ : ५०
शुक्रबार, ३० चैत २०८०

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अति आवश्यक औषधिहरू स्वदेशमै उत्पादन गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभा बैठकमा पेस गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धी’ संकल्प प्रस्तावमाथिको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । 

उपप्रधानमन्त्री यादवले महामारी, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणका लागि बहुक्षेत्रीय कार्ययोजना तय गरी कार्यान्वयनमा लगिएको पनि बताए । उनले वडा तहसम्म नै आँखाको उपचारमा पहुँच पु¥याउन राष्ट्रिय आँखा स्वास्थ्य नीति स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको पनि बताए । उपप्रधानमन्त्री यादवले जनताको पोषणको अवस्था सुधार ल्याउन सरकारले बहुक्षेत्रीय पोषण योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिए ।

उपप्रधानमन्त्री यादवले सरकारले गरिब नागरिकका लागि उपचारको सेवामा पहुँच पु¥याउन सक्दो पहल गरिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप